ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गर्दै लिम्बुवान मञ्चमा प्रवेश

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, ३० चैत । ताप्लेजुङको सिदिङबा–५, लिम्बुदेनका विभिन्न पार्टीहरु परित्याग गरि संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा गरेका छन् । मंगलबार लिम्बुदेनमा आयोजित वडा गठन कार्यक्रमबाट ४६ जनाले विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका हुन् ।

मञ्चका प्रान्तीय उपाध्यक्ष डिबी खुदाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई खादा ओडाई मञ्चमा प्रवेश गराईएको जिल्ला सचिव अशोक मादेनले जनाएका छन् ।

यसैगरी सो वडा गठन कार्यक्रमबाट प्रकाश लिङदेनको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण इधिङ्गो, सचिवमा सीता इधिङ्गो, सहसचिवमा सुदिप इधिङ्गो र अर्थसचिवमा सञ्चराज लिङदेन रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा राजन इधिङ्गो, जितेन इधिङ्गो, दोशन इधिङ्गो, भीम लिङ्देन, मनिता इधिङ्गो, चन्द्र इधिङ्गो, ज्ञानेन्द्र इधिङ्गो, नरबहादुर लिङ्देन, जीवनकुमार इधिङ्गो, मन्जिता इधिङ्गो, सानकुमार इधिङ्गो, शुकबहादुर लिम्बु, मनकुमार श्रेष्ठ, सञ्जय लिङ्देन, सविना लिम्बू, सोना इधिङ्गो, अमृता लिम्बू, कल्पना इधिङ्गो, राजकुमार इधिङ्गो र मनकुमार थुङ्गीम रहेका छन् । यसैगरी उक्त कार्यक्रमले चार सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । समितिमा योगेश इभिङ्गो, पदम इधिङ्गो, गुरुप्रसाद इधिङ्गो र हेमाराज इधिङ्गो रहेका छन् ।

कार्यक्रममा प्रान्तीय मञ्चका जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;