दमक, १ वैशाख । कलाकार तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा गायिका गंगा फियाक लिम्बू र गायक जसु थेबे लिम्बूको सुमधुर आवाजमा लिम्बू भाषाको गीत ‘पान्थरेनी’को भिडियो सार्वजनिक गरिएको छ ।
संचारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा संगीतकार सेमिहाङ सिंगकको संगीतमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘पान्थरेनी’को भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पान्थरेनी र चारखोले तरेमा तरेबाहरुको माया प्रेमलाई प्रस्तुत गरिएको भिडियोमा समिर सुव्वा(एलिस), सुनिता चेम्जोङ(तीनघरे कान्छी), एम.के. योङहाङ र कुसुम लिम्बूको अभिनय रहेको छ ।
टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीतको भिडियोमा कृष्ण सुबेदीको मेकअप, देवराज सिग्देल(मोती)को छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ । भिडियाे हेर्नेहाेस्ः
धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...
ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...
दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...
प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...