फाल्गुनन्द मार्ग सडक निर्माण समयमै सम्पन्न गर्ने, उपभोक्ताहरु हर्षित

 लिम्बुवान न्युज
                       

दमक । इलाम र पाँचथरका ग्रामीण बस्तीलाई तराईसँग जोड्ने छोटो दुरीको बहुप्रतिक्षित सडकले अब भने सार्थकता पाउने भएको छ । झापाको दमकदेखि सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक स्तरोन्नती भएपछि स्थानीय हर्षित भएका छन् ।
सडक निर्माणको कार्यले तिव्रता पाएसँगै अब आवागमनमा सहज हुनेमा स्थानीय आशावादी देखिएका छन् । वषौंदेखी सडकको समस्या झेल्दै आएका स्थानीयले अब भने आवागमनमा सहज हुने संकेत मिलेको बताए ।


सडक बनेपछि पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दसँगै इलामको माङसेबुङ, फाकफोकथुम र चुलाचुली गाउँपालिकावासीले प्रत्यक्ष लाभ लिन थालेका छन् । सडक पूरा हुनासाथ यस क्षेत्रका बासिन्दा बिरामी पर्दा झापा लैजान र वर्षायाममा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने र त्यस क्षेत्रमा उत्पादन भएका अर्गानिक सब्जी लगायत नगदेबालीहरुले मूल्य पाउने स्थानीयहरुको अपेक्षा रहेको छ ।
सडक निर्माणकार्यले हालसम्म ट्रयाक खोल्ने र पुल नभएका स्थानमा पुल, नाली र ग्रेडिङको काम अन्तिम चरणमा भइरहेको उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले बताए । उनले भने–‘अब खोलाको बाटो हिड्नु पर्ने बाध्यता अन्त्य भइसकेको छ, थप निर्माणकार्यलाई गुणस्तर बनाउँदै अघि बढ्नेछौं । निमाणकार्य सम्झौता अवधी अगावै सम्पन्न गर्ने र आगामी फागुन सम्ममा दमकदेखि चिसापानीसम्म नै कालोपत्रे गरिसक्ने गरी काममा लागेका छौं, अहिले कालोपत्रेको पूर्व तयारीको कार्य धमाधम भइरहेको छ ।’
दुई अर्ब बढीको योजना रहेको सो सडकको पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर कालोपत्रे गर्ने भनिएपनि २ किलोमिटर मात्रै सम्पन्न भएको छ  । २२ करोड ५९ लाख रुपैयाँको लागतमा पहिलो खण्डमा, दोस्रो खण्डको १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख रुपैयाँमा र तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर ५९ करोड १५ लाख रुपैयाँमा कालोपत्रेका लागि ठेक्का भएको थियो । ठेक्का लागेबाहेक १४ किलोमिटर सडक क्षेत्रको भने स्तरोन्नति अन्तिम चरणमा पुगेको र स्तरोन्नतीको कार्य सकिए लगत्तै कालोपत्रेको कार्य अघि बढ्ने अध्यक्ष पुरीले बताए ।
सडक डिभिजन कार्यालय दमकले यो सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाएका कारण सफलता हाँसिल गर्न सकेको प्रतिक्रिया दिएको छ । झापाको दमकबाट इलामको चिसापानीसम्म पुग्ने दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्यको अनुगमन गर्ने क्रममा गुणस्तरलाई कायम राख्दै निमाणकार्यलाई तिव्रता दिने सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।
महाभारत पर्वतको दायाँबायाँ पर्ने इलाम र पाँचथरका बासिन्दाको तराई आवागमन सहज बनाउन २०४७ सालमा निर्माण सुरु गरिएको भएपनि सडक निर्माणको कामलाई तिब्रता दिन नसकेपछि सडक बन्न सकेको थिएन । पाँचथरको उत्तर दक्षिणी क्षेत्रका नागरिकले झापा आउजाउका लागि २०१५ सालदेखि नै गोरेटोका रूपमा प्रयोग गर्दै आएका थिए तर सरकारी तवरबाट सर्वेक्षण भने २०४७ सालमा मात्रै गरिएको हो ।
दमक–चिसापानी–रवि नामक उक्त सडक तीन खण्डमा विभाजन गरेर स्तरोन्नतीको काम भइरहेको भएपनि दमकदेखि चिसापानीसम्मको सडकमात्र यो योजनामा रहेको उपभोक्ता समितिका बरिष्ठ उपाध्यक्ष शुशिल राईले बताए ।
सडक उपभोक्ता समितिमा साना दललाई कुनै जानकारी नदिई एक्लै जस लिने ठूला दलको प्रवृत्तीले समयमै सडक निर्माण हुन नसकेको आपत्ती जनाउँदै समितिका सचिव तथा लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लावतीले भने कानूनत उपभोक्ता समितिको म्याद सकिएको तर समिति मार्फत जस लिदै राजनीति गर्न इच्छुक साथीहरुको मनपरितन्त्रले सडक समय मै बन्न नसक्ने जिकीर गरेका छन् । काठमाडौं सिंहदरबार प्रवेश गर्दै जनतालाई आश्वासन देखाउने प्रवृत्तीको अन्त्य नभएसम्म विकास निर्माणले गति नलिने उनले बताए ।
आफूहरु विकास विरोधी होइनौं तर विकासको नाममा भ्रष्टचार अनि अपहेलना सहन सक्दैनौं । उनले पुनः थपे यदि निर्माणाधिन सडक गुणस्तर र मापदण्ड अनुसार नभएको स्थानीय उपभोक्ताहरुको जनगुनासो आएको हुँदा त्यस प्रति सडक डिभिजनले अनुगमन गर्नुपर्ने बताउँदै लावतीले भनेका छन् यदि मापदण्ड विपरित भए त्यसको विरोध गरिनेछ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...