सत्ता गठबन्धन स्थानीय निर्वाचनमा एएनसी मोडलबाट चुनाव लड्ने तयारी

,   लिम्बुवान न्युज
                       

दमक, २ वैशाख । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने संकेत देखाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई अझ बलियो बनाउँदै स्थानीय निर्वाचनमा समेत तलैसम्म तालमेल गरेर चुनाव लड्ने प्रतिबद्धता गरेका छन् ।

यसैक्रममा देशैभरी संगठन रहेको राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई केन्द्रस्तरमा नै गठबन्धन गरेर चुनावमा सहभागी गराउने तयारी समेत शुरु भएको बताइएको छ ।

विहीबार प्रदेश नं. १ स्तरीय बसेको गठबन्धनको बैठकले संघीय सरकारमा आवद्ध दल बाहेकका यि दुई दललाई समेत समेट्न केन्द्रलाई सर्कुलर गरेको बताएको छ । विराटगरमा बसेको बैठकले केन्द्रमा यि दुईदललाई गठबन्धनमा अटाउन आग्रह गर्ने बताइएको छ । मञ्च प्रदेश नं. १ को सरकारमा सहभागी दल हो ।

संघीय मञ्चमा संघीय महासचिव अशोक चेम्जोङका अनुसार गठबन्धन महानगर देखि तल वार्डसम्म नै लैजाने र चुनाव अफ्रिकी मोडेल एएनसी मोडलमा चुनावमा जाने सम्भावना बढेर गएको बताउँछन् । यसो नगरिए चुनाव चिन्ह मै समस्या आउने बताउँदै उनले भने एएनसी गरियो भने कुनै एउटा दलको चुनाव चिन्हबाट सबै दललको प्रतिनिधि अटाउन सकिने र सबै दलको सम्मान हुँदै चुनावमा आआफ्नो दलको अस्तित्व कायम रहने पनि उनले बताए ।

बैठकले सबै दलहरुले आआफ्नो दललाई जिल्ला देखि तल वार्डसम्म सर्कुलर गर्दै गठबन्धन गर्न आव्हान गरेको छ । प्रमुख प्रतिपक्षी दलले नेकपा एमालेलाई एक्लै बनाएर सत्ता गठबन्धन नेपाली कांग्रेस लगायतका दलहरु यतिबेला शसक्त तयारीमा जुटेका छन् ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;