सत्ता गठबन्धन स्थानीय निर्वाचनमा एएनसी मोडलबाट चुनाव लड्ने तयारी

 लिम्बुवान न्युज
                       

दमक, २ वैशाख । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने संकेत देखाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई अझ बलियो बनाउँदै स्थानीय निर्वाचनमा समेत तलैसम्म तालमेल गरेर चुनाव लड्ने प्रतिबद्धता गरेका छन् ।

यसैक्रममा देशैभरी संगठन रहेको राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई केन्द्रस्तरमा नै गठबन्धन गरेर चुनावमा सहभागी गराउने तयारी समेत शुरु भएको बताइएको छ ।

विहीबार प्रदेश नं. १ स्तरीय बसेको गठबन्धनको बैठकले संघीय सरकारमा आवद्ध दल बाहेकका यि दुई दललाई समेत समेट्न केन्द्रलाई सर्कुलर गरेको बताएको छ । विराटगरमा बसेको बैठकले केन्द्रमा यि दुईदललाई गठबन्धनमा अटाउन आग्रह गर्ने बताइएको छ । मञ्च प्रदेश नं. १ को सरकारमा सहभागी दल हो ।

संघीय मञ्चमा संघीय महासचिव अशोक चेम्जोङका अनुसार गठबन्धन महानगर देखि तल वार्डसम्म नै लैजाने र चुनाव अफ्रिकी मोडेल एएनसी मोडलमा चुनावमा जाने सम्भावना बढेर गएको बताउँछन् । यसो नगरिए चुनाव चिन्ह मै समस्या आउने बताउँदै उनले भने एएनसी गरियो भने कुनै एउटा दलको चुनाव चिन्हबाट सबै दललको प्रतिनिधि अटाउन सकिने र सबै दलको सम्मान हुँदै चुनावमा आआफ्नो दलको अस्तित्व कायम रहने पनि उनले बताए ।

बैठकले सबै दलहरुले आआफ्नो दललाई जिल्ला देखि तल वार्डसम्म सर्कुलर गर्दै गठबन्धन गर्न आव्हान गरेको छ । प्रमुख प्रतिपक्षी दलले नेकपा एमालेलाई एक्लै बनाएर सत्ता गठबन्धन नेपाली कांग्रेस लगायतका दलहरु यतिबेला शसक्त तयारीमा जुटेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...