दमकमा पत्रकार महासंघकाे आयोजनामा निर्वाचन सम्बन्धी अन्तरकृया

 लिम्बुवान न्युज
                       

दमक, बैशाख ६।  नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त आयोजनामा मंगलबार दमकमा ‘स्थानीय तह निर्वाचन २०७९’  मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले स्थानीय निर्वाचन पत्रकारको विवेक र बौद्धिकता परीक्षणको घडी भएकाले संवेदनशील हुन आग्रह गरे । उनले निर्वाचन निष्पक्ष, विश्वसनीय बनाउनका लागि सञ्चार क्षेत्रको भूमिका अग्रणी रहने बताए । उम्मेदवार तथा राजनीतिक दलबाट हुने निर्वाचन आचारसंहिताका घटनालाई निरुत्साहित गर्न पत्रकार र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उनको जोड थियो ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले पत्रकारहरु दलको पक्ष–विपक्षमा लाग्न नहुने बताए । प्रजिअ रिजालले आचारसंहिताको पालनाले निर्वाचनलाई मितव्ययी बनाउने भन्दै त्यसको खबरदारी गर्न मिडियालाई आग्रह गरे ।

निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्ष बनाउन सबै क्षेत्रको योगदान महत्वपूर्ण हुने बताए । उनले मतदान केन्द्रहरुलाई अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बनाइने समेत बताए । नेपालले जिल्लामा निर्वाचनको तयारी लगायतका विषयमा जानकारी गराएका थिए ।

अन्तरक्रियाको विषयमाथि पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछानेले प्रकाश पारेका थिए ।   महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

छलफलमा पत्रकारहरु विष्णु पौडेल, युवराज विवश, नगेन्द्रमणि न्यौपाने, जीवन चुडाल, शान नेपाल, विष्णु पोखरेल, लीला अनमोल, आत्मराम राजवंशी, गञ्जबहादुर दाहाल, चिरञ्जीवी घिमिरे, पुष्प राज तथा संवाद समूहकी लीला शिवाकोटी लगायतले विभिन्न सुझाव तथा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य विष्णु सुब्बाले पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफ्ना माता पिताको स्मृतिमा १५५५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;