मुसाहाङ समाजको एतिहासिक चौथो महाधिवेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

मोरङ, वैशाख १० । मोरङको उर्लाबारीमा मुसाहाङ वंशको चौथो महाधिवेशन सम्पन्न भएको छ । पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

बिहीबार र शुक्रबार दुईदिनसम्म आयोजना गरिएको महाधिवेशनले विष्णुराज मुसाहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा हस्तबहादुर मुसाहाङ, उपाध्यक्षमा इछिङसा मुसाहाङ, महासचिवमा डिल्लीश्वर मुसाहाङ अम्याङसा, सचिवमा लक्ष्मीसुन्दर मुसाहाङ र कोषाध्यक्षमा यज्ञ बहादुर मुसाहाङ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा हर्कबहादुर मुसाहाङ, नारायण मुसाहाङ, छविलाल मुसाहाङ, फुलकुमारी मुसाहाङ र भक्तबहादुर मुसाहाङ रहेका छन् ।

लिम्बुवानको सबै क्षेत्रबाट प्रतिनिधिमुलक मुसाहाङ बंशहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अतिथिहरु सेसेमी से नाल्बो, चित्र वनेम, लोकमान पाहिम, भक्त मुसाहाङ, नारायण मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य यज्ञ बहादुर मुसाहाङले राखेका थिए भने संचालन महासचिव डिल्लीस्वर मुसाहाङले गरेका थिए ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...