
बसन्तपुर, तेह्रथुम / लालिगुरास नगरपालिकाको वडा नं. ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको वडा समिति गठन भएको छ । सल्लेरी गाउँमा सम्पन्न भेलाले नविना लिम्बुको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक बिकास राज्य मन्त्री बिष्णु तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न गठन कार्यक्रममा मञ्चका उपाध्यक्ष चन्द्र खापुङ, संघीय सह सचिब सेसेहाङ चोङबाङ, सचिवालय सदस्य रमेस गजमेर, प्रान्तीय उपमहासचिव पुर्णकला तेयुङ, जिल्ला अध्यक्ष बिजय निङलेकु, क्षेत्र नं. क अध्यक्ष दिल पाक्सावा लगायतको उपस्थिति रहेको थियो ।
नव गठित समितिको उपाध्यक्षहरु कमला लिम्बू, उत्तरमान लिम्बू, इश्वरीमाया लिम्बू, भक्त ब लिम्बू,धनेन्द्र लिम्बू सचिब भक्ती ब लिम्बू, सहसचिव लीला लिम्बू कोषाध्यक्ष सम्झना लिम्बू रहेका छन् भने सदस्यहरु दिपा मगर, नर ब लिम्बू, दिल ब लिम्बू, भक्त ब लिम्बु, भगिमान लिम्बू, साइमन लिम्बू, च्याखुरे लिम्बू, कृष्ण लिम्बू, दिल ब लिम्बू, होमराज लिम्बु चयन भएका छन् ।