इलाममा गठबन्धन दलबीच भागबण्डा टुंगो लाग्यो

 लिम्बुवान न्युज
                       

इलाम, १० वैशाख / लामो समयको कसरत पछि इलाममा गठबन्धन दलबीच पालिकामा भागबण्डाको टुंगो लगाइएको छ । जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टीबीच पालिका भागबण्डा मिलेसँगै जिल्लामा यि दलहरु मिलेर अघि बढ्ने भएका हुन् ।

समाचार श्रोतका अनुसार जिल्लाका दश पालिकामध्ये सातवटा पालिकाको प्रमुख र पाँचवटा पालिकाको उपप्रमुख काँग्रेसले पाउने भएको छ । त्यस्तै दुईवटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख नेकपा एकिकृत समाजबादील पाउने पक्का भएको छ ।

एउटा पालिकाको प्रमुख र दुईवटा पालिकाको उपप्रमुख नेकपा माओबादी केन्द्रले पाउनेगरी सहमति भएको जनाइएको छ । जसमा इलाम नगरपालिका र रोङ गाउँपालिकाको प्रमुख र उपप्रमुख पद दुबै नेपाली काँग्रेसले पाउने भएको छ ।

यस्तै देउमाई नगरपालिका, चुलाचुली, सन्दकपुर, फाकफोकथुम र माङसेबुङ्ग गाउँपालिकाको प्रमुख एवं सूर्योदय नगरपालिका, माई नगरपालिका, माइजोगमाई गाउँपालिकाको उपप्रमुख काँग्रेसको भागमा परेको छ ।

यस्तै नेकपा एकिकृत समाजबादीले माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको प्रमुख पद पाउँदा सन्दकपुर गाउँपालिकाको उपप्रमुख पद पाउनेछ ।

यसैगरी नेकपा माओबादी केन्द्रले माई नगरपालिकाको प्रमुख पद पाउँदा फाकफोकथुम, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिकाको उपप्रमुख पद पाउने भएको छ । जनता समाजबादी पार्टीले माङसेबुङ्ग गाउँपालिकाको उपप्रमुख पद पाउने भएको छ ।

अब वडाध्यक्ष पदका लागि बाकी छलफलपछि टुंगो लगाउने सहमती भएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...