इलाममा गठबन्धन दलबीच भागबण्डा टुंगो लाग्यो

,   लिम्बुवान न्युज
                       

इलाम, १० वैशाख / लामो समयको कसरत पछि इलाममा गठबन्धन दलबीच पालिकामा भागबण्डाको टुंगो लगाइएको छ । जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टीबीच पालिका भागबण्डा मिलेसँगै जिल्लामा यि दलहरु मिलेर अघि बढ्ने भएका हुन् ।

समाचार श्रोतका अनुसार जिल्लाका दश पालिकामध्ये सातवटा पालिकाको प्रमुख र पाँचवटा पालिकाको उपप्रमुख काँग्रेसले पाउने भएको छ । त्यस्तै दुईवटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख नेकपा एकिकृत समाजबादील पाउने पक्का भएको छ ।

एउटा पालिकाको प्रमुख र दुईवटा पालिकाको उपप्रमुख नेकपा माओबादी केन्द्रले पाउनेगरी सहमति भएको जनाइएको छ । जसमा इलाम नगरपालिका र रोङ गाउँपालिकाको प्रमुख र उपप्रमुख पद दुबै नेपाली काँग्रेसले पाउने भएको छ ।

यस्तै देउमाई नगरपालिका, चुलाचुली, सन्दकपुर, फाकफोकथुम र माङसेबुङ्ग गाउँपालिकाको प्रमुख एवं सूर्योदय नगरपालिका, माई नगरपालिका, माइजोगमाई गाउँपालिकाको उपप्रमुख काँग्रेसको भागमा परेको छ ।

यस्तै नेकपा एकिकृत समाजबादीले माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको प्रमुख पद पाउँदा सन्दकपुर गाउँपालिकाको उपप्रमुख पद पाउनेछ ।

यसैगरी नेकपा माओबादी केन्द्रले माई नगरपालिकाको प्रमुख पद पाउँदा फाकफोकथुम, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिकाको उपप्रमुख पद पाउने भएको छ । जनता समाजबादी पार्टीले माङसेबुङ्ग गाउँपालिकाको उपप्रमुख पद पाउने भएको छ ।

अब वडाध्यक्ष पदका लागि बाकी छलफलपछि टुंगो लगाउने सहमती भएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;