संघीय मञ्च र मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षरः खुकुरी चिन्हबाट माेर्चाले चुनाव लड्ने

 लिम्बुवान न्युज
                       

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङ र मोर्चाका अध्यक्ष सलिम अन्सारीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

लामो समयदेखि मञ्च र मोर्चा बीच चुनावी तालमेल गर्नेबारे छलफल भएको महासचिव चेम्जोङले बताउनु भएको छ । आगामी प्रदेश र संघीय चुनावमा समेत चुनावी मोर्चावन्दी वा संगठनहरुबीच एकता बारे बहस खुल्ला राख्ने समेत उनले बताए ।

मञ्च र मोर्चा बीच तीन बुँदे सहमति भएको मञ्चका लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लावतीले बताएका छन् । स्थानीय तहको निर्वाचनमा मञ्चको चुनाव चिन्ह दापसहितको खुकुरीबाट मोरङको विभिन्न स्थानीय पालिकाहरुमा भाग लिने । मोर्चाबाट विजयी उम्मेद्वारहरु मोर्चाकै विधान, घोषणापत्र अनुसार युवा मोर्चाकै नामबाट कार्य गर्ने र आगामी दिनमा निरन्तर गठबन्धन र पार्टी एकतासम्मको लागि छलफल जारी राख्ने सहमति भएको मञ्चले जनाएको छ ।

सहमति हस्ताक्षर कार्यक्रममा मन्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री माननीय बिष्णु तुम्बाहाम्फे, उपाध्यक्ष विष्णु यक्सो, अर्थसचिव सुर्य आङबुहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो । सहमति हस्ताक्षर कार्यक्रममा मञ्चका निर्वाचन परिचालन समिति संयाेजक विष्णु यक्साेले माेर्चाका अध्यक्ष अन्सारीलाइ पार्टीकाे मनाेनयन पत्र हस्तान्तरण गरेका थिए  ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;