संघीय मञ्च र मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षरः खुकुरी चिन्हबाट माेर्चाले चुनाव लड्ने

 लिम्बुवान न्युज
                       

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङ र मोर्चाका अध्यक्ष सलिम अन्सारीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

लामो समयदेखि मञ्च र मोर्चा बीच चुनावी तालमेल गर्नेबारे छलफल भएको महासचिव चेम्जोङले बताउनु भएको छ । आगामी प्रदेश र संघीय चुनावमा समेत चुनावी मोर्चावन्दी वा संगठनहरुबीच एकता बारे बहस खुल्ला राख्ने समेत उनले बताए ।

मञ्च र मोर्चा बीच तीन बुँदे सहमति भएको मञ्चका लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लावतीले बताएका छन् । स्थानीय तहको निर्वाचनमा मञ्चको चुनाव चिन्ह दापसहितको खुकुरीबाट मोरङको विभिन्न स्थानीय पालिकाहरुमा भाग लिने । मोर्चाबाट विजयी उम्मेद्वारहरु मोर्चाकै विधान, घोषणापत्र अनुसार युवा मोर्चाकै नामबाट कार्य गर्ने र आगामी दिनमा निरन्तर गठबन्धन र पार्टी एकतासम्मको लागि छलफल जारी राख्ने सहमति भएको मञ्चले जनाएको छ ।

सहमति हस्ताक्षर कार्यक्रममा मन्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री माननीय बिष्णु तुम्बाहाम्फे, उपाध्यक्ष विष्णु यक्सो, अर्थसचिव सुर्य आङबुहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो । सहमति हस्ताक्षर कार्यक्रममा मञ्चका निर्वाचन परिचालन समिति संयाेजक विष्णु यक्साेले माेर्चाका अध्यक्ष अन्सारीलाइ पार्टीकाे मनाेनयन पत्र हस्तान्तरण गरेका थिए  ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...