याक्थुङ प्रज्ञा प्रतिष्ठानको कूलपतिमा पुनः हाङ्वासाङ याक्थुङबा नै निर्वाचित

 लिम्बुवान न्युज
                       

११ बैशाख २०७९ आइतबार/ पाँचथर– याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोस्रो अधिवेशन शनिबार फिदिममा सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र कुमार जबेगु (हाङवासाङ याक्थुङबा) लाई पुनः कूलपतिमा निर्वाचित गरेको छ ।

प्रतिष्ठानको उपकुलपतिमा लछामी शेर्मा पापो निर्वाचित भएका छन् । प्राज्ञ सदस्यहरुमा तिलबिक्रम नेम्बाङ (भित्रागी काइँला), भवानी तावा, डिक लाओती, ललीतचन्द्र फियाक, लाल अञ्जान सम्बाहाम्फे, खड्गनारायण आङदेम्बे, शेर बहादुर योङहाङ, सागर केरुङ, रबिन कुरुम्बाङ, सन्देश सुब्बा (इङ्वा), निशा लोवा निशुम, इन्दु फोम्बो र कमला आङ्देम्बे निर्वाचित भएका छन् । त्यस्तै बिषयबिशेषज्ञ संयोजक आङ्बुहाङ अबोध अविरल, बिषयबिशेषज्ञ सदस्य साम्जिरी शेर्मा र श्याम तुफान निर्वाचित भएका छन् ।

अधिवेशन सम्पन्न भएपछि नयाँ कार्य समितिको पहिलो बैठक शनिबार नै सम्पन्न भयो । बैठकले प्रतिष्ठानको बिधान अनुसार निर्वाचित प्राज्ञ सदस्यमध्येबाट प्राज्ञ सचिवमा डिक लाओती, प्राज्ञ सह–सचिवमा सन्देश सुब्बा (इङ्वा) र प्राज्ञ कोषाध्यक्षमा निशा लोवा निशुमलाई मनोनित गरेको कूलपति जबेगुले बताए । कार्य समितिको आगामी बैठकले थप बिषयबिशेषज्ञहरुलाई मनोनित गर्ने बताइएको छ ।

बैरागी काइँला सहित चार साधक सम्मानित

प्रतिष्ठानको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति, नेपाली कविता जगतका शिखर व्यक्तित्व, याक्थुङ (लिम्बू) जातिको साहित्य, संस्कृति र मुन्धुमका खोजकर्ता बैरागी काइँला सहित चार साधकलाई सम्मान गरिएको छ ।

काइँलालाई १० तोला चाँदीबाट निर्मित मेडल सहित यम्बुगेन सम्मान द्वारा सम्मान गरिएको हो । त्यस्तै प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगु र देबेन्द्र जबेगुले स्थापना गरेको ताम्रपत्र सहित नगद १५ हजार रुपैंयाँ राशीको बमजय स्मृति साहित्य पुरस्कारबाट बीर नेम्बाङ पुरस्कृत भएका छन् ।

सेसेमी से–नाल्बो र इक्सा सम्बाहाम्फेले स्थापना गरेको नाल्बो पत्रकारिता पुरस्कारबाट अमर तुम्याहाङ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी ताम्रपत्र सहित नगद २० हजार रुपैंयाँ रहेको छ ।

त्यस्तै मलिसा याक्थुङबा द्वारा स्थापित सुवाश फेजोङ/सुवमाया मेयोङबा नवोदीत पुरस्कारबाट राज कुमार आङदेम्बे पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी सम्मान–पत्र सहित नगद ५ हजार रुपैंयाँ रहेको छ ।

सम्मानित तथा पुरस्कृत सबै साधकलाई कार्यक्रमका प्रमुख अतिथि, पूर्वमन्त्री प्रतिनिधिसभा सदस्य वशन्त कुमार नेम्बाङले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नेम्बाङले भाषा, साहित्यको बिकासका लागि निजी स्तरबाट भएका कार्य सराहनीय भएको बताए । लिम्बू भाषा, साहित्यको उठानका लागि आफ्नाे ठाउँबाट सहयोग गर्ने नेम्बाङको भनाई थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लाओती, याक्थुङ लेखक संघका केन्द्रीय महासचिव मधुराज केरुङ लगायतले पनि बिचार व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

;