अशोक चेम्जोङको “टोड्के कुसुण्डे” गीतको भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, १७ वैशाख । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको विल्कुलै नयाँ गीत ‘टोड्के कुसुण्डे’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । फिल्म निर्देशक तथा युवा नेता अशोक चेम्जोङको रचना तथा संगीत रहेको गीत आज यूट्युवबाट सार्वजनिक गरिएको हो ।

थैली इन्टरटेटमेन्टको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको निर्देशन किरण चाम्लिङ् राईको रहेको छ भने एरेन्ज कन्दन राईको छ । मुन्धुम स्टुडियोमा स्वराङ्कन गरिएको गीतलाई बादल लिम्बुले एरेन्ज गरेका छन् ।

पूर्वका चर्चित छाँयाकार भुपेन्द्र तुम्बाहाम्फेलाई पहिलो पल्ट कलाकारको रुपमा देखिने यो भिडियामा पुष्पा लिम्बु, विष्णु मोक्तान र शर्मिला याक्सोको समेत अभिनय हेर्न सकिनेछ । त्यसैगरी भिडियोमा अन्य कलाकारहरु सुर्य तुम्सा, सुमन आङदेम्बे, पन्च लावती, चुजन आङदेम्बे, सन्ध्या लिम्बु, शेरबहादुर तुम्सा र नगेन्द्र आङदेम्बे समेतको अभिनय रहेको छ ।

मिक्लाजुङको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतलाई सुमन तामाङ र बोगेन्द्र याम्फूले खिचेका छन् भने ड्रोनमा उज्वल तामाङले साथ दिएका छन् । भिडियोलाई अनिल रानाल इडिटिङ् गरेका छन् ।

भिडियाे तल हेर्नुहाेस्ः

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...