कोशी नाम खारेजीकाे माग गर्दै काठमाडाैंमा प्रदर्शन

 लिम्बुवान न्युज
                       

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो ।

सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘पहिचान विरोधी होशियार’, ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचानका आधारमा सबै प्रान्तको नामाकरण गर’, ‘संघीयता पुनः सीमांकन गर’, ‘मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई शहीद घोषणा गर’ लगायतका नारा लगाएका लिए ।

प्रदेश नं. १ को नाम कोशी राखेपछि केही दिनयता प्रदेशका विभिन्न जिल्ला र राजधानी विराटनगरमा निरन्तर प्रदर्शन भइरहेको छ । विराटनगरमा चैत १० मा प्रहरी र पहिचान पक्षधरबीच झडप हुँदा घाइते भएका पदम लिम्बु लाजेहाङको निधन भएको थियो । सोही आन्दोलन पहिचान पक्षधरहरूले काठमाडौंमा पनि जारी राखेका हुन् ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...