फालेलुङमा छैठाैं चाैंरी पर्यटन महाेत्सव हुँदै

 लिम्बुवान न्युज
                       

फेदेन / पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजना हुने छैठौं चौंरी पर्यटन महोत्सव यसपटक चैत ३० गते देखी वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रत्येक नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष जिल्लाको फालेलुङ ४ चारराते भन्ने स्थानमा आयोजना गर्न लागिएको हो । महोत्सवका मुख्य क्रियाकलाप र प्रदर्शनी वैशाख १ गते नै सम्पन्न गर्ने आयोजकको तयारी छ ।

हिमाली क्षेत्रमा रहेका चौंरी गाई र तिनका प्रजातीको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाको प्रवर्द्धनमा २०७४ सालदेखि यो महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवमा पाँच सयभन्दा धेरै चौंरी र याकको प्रदर्शनीसँगै चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने आयोजक दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए । स्टलमा चौंरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजसँगै रौंबाट निर्माण भएका वस्त्र र हिमाली संस्कृति झल्काउन वस्तु राखिनेछन् ।

महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पञ्जाव, वेस्टबंगाल, कोलकत्तासँगै भटान हुँदै विभिन्न मुलुकका आन्तरिक र बाह्य गरी दुई हजारभन्दा धेरै नागरिक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ । यो वर्ष फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीपज्योती युवा क्लबको आयोजनामा महोत्सव आयोजना हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;