झापामा बहुलवाद राष्ट्र निर्माण सम्बन्धि दुई दिने प्रशिक्षण चल्दै

 लिम्बुवान न्युज
                       

झापा, २४ चैत्र । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पहिचानको नामबाट जनमत सिर्जना गरे पनि पूर्वका किरातीहरुलाई धोका दिएको बताएका छन् ।

पहिचान पक्षद्दर ६ घटकद्वारा झापाको चारआली स्थित चुम्लुङ भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि केपी पालुङ्वाले लोकतन्त्रमा मात्र होइन पञ्चायतदेखि बहुदलसम्म आदिवासी जनजातिलाई झुक्याइरहे लोकतन्त्रमा पनि झुक्याएको बताए । पालुङ्वाले एकता र आन्दोलनका विषयमा आफ्ना भनाइ राखेका थिए ।

अर्का नेता सञ्जुहाङ पालुङ्वाले बहुलवाद र राष्ट्र विद्रोहको विषयमा प्रशिक्षण प्रदान गर्दै गाउँका जनता सचेत नभइञ्जेल ठूला दलले धोका दिइरहने बताए । प्रशिक्षणमा पूर्व क्षेत्रका एक सय ७ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षणपछि अन्तरक्रियामा अधिकांश सहभागिले संगठनलाई सशक्त बनाएर प्रदेश नामाङ्कनको विषयमा एउटै नाम लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।

शनिबार हुने कार्यक्रममा रामु परियार, एलब पालुङ्वा, विष्णु थाङदेन, पदम जवेगु, लासिम लगायतले प्रशिक्षण दिने भएको जनाएका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;