छुम्माको छैठौं महाधिवेशन सम्पन्न : अध्यक्षमा भूपाल जिमी निर्वाचित

 लिम्बुवान न्युज
                       

२६ चैत, धरान । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका छन । सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन ।

उनले ८२ मत प्राप्त गर्दा अध्यक्ष पदाको प्रत्यासी रहेकी अर्का उम्मेद्वर लहरुमाया जिमीले ४४ मत पाइन । अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा मतदान भएको थियो । १ सय २६ मत खसेकोमा बदर मत संख्या शून्य रहेको थियो ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा चयन भए भने उपमहासचिवमा भरत याक्खा चयन भए। त्यस्तै सचिवत्रयमा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भए भने कोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्ष विजय सोम्याहाङ चयन भए ।

त्यसैगरी सदस्यहरुमा क्रमश: झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णुकुमार थायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी, संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा चयन भए । त्यस्तै इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान, मोरङबाट आनन्दकुमारी लिंखा, बम देवान र प्रतिबहादुर यक्खा, काठमाडौं उपत्यकाबाट धनबहादुर देवान, देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा, पूर्णप्रसाद लुम्बा याक्खा, पाँचछरबाट गजेन्द्र देवान चयन भएको निर्वाचन मण्डलका अध्यक्ष दुर्गा लिंकाले जानकारी दिए ।

निर्वाचन मण्डलमा लिलामणि जिमी र सोमा याक्खा सदस्य रहेका थिए । निर्वाचित समितिका तर्फबाट अध्यक्ष जिमीले प्रतिवद्धता व्यक्त गरेका थिए भने निर्वाचित समितिलाई प्रत्यासी लहरुमाया र निर्वाचन मण्डल सदस्य एवम संस्थापक छुम्मा अध्यक्ष लिलामणि जिमीले शुभकामना व्यक्त गरेका थिए ।

शनिबार सम्पन्न खुला सत्रमा ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता विध्या जिमी (भारोत्तोलन), एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्य विजेता निला जिमी, प्याराग्लाइडिङ राष्ट्रिय प्रशिक्षक देशवीर जिमी, याक्खा समुदायबाट प्रथम पिएचडी डा. गणेश जिमी, भवन निर्माण समिति संयोजक नेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुख सल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

लिलबहादुर रोगुको अध्यक्षतामा सम्पन्न महाधिवेशनको खुला सत्र सञ्चालन महासचिव दिपक याक्खाले गरेका थिए भने स्वागत उपाध्यक्ष लहरुमाया जिमीले गरेका थिइन ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;