छुम्माको छैठौं महाधिवेशन सम्पन्न : अध्यक्षमा भूपाल जिमी निर्वाचित

 लिम्बुवान न्युज
                       

२६ चैत, धरान । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका छन । सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन ।

उनले ८२ मत प्राप्त गर्दा अध्यक्ष पदाको प्रत्यासी रहेकी अर्का उम्मेद्वर लहरुमाया जिमीले ४४ मत पाइन । अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा मतदान भएको थियो । १ सय २६ मत खसेकोमा बदर मत संख्या शून्य रहेको थियो ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा चयन भए भने उपमहासचिवमा भरत याक्खा चयन भए। त्यस्तै सचिवत्रयमा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भए भने कोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्ष विजय सोम्याहाङ चयन भए ।

त्यसैगरी सदस्यहरुमा क्रमश: झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णुकुमार थायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी, संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा चयन भए । त्यस्तै इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान, मोरङबाट आनन्दकुमारी लिंखा, बम देवान र प्रतिबहादुर यक्खा, काठमाडौं उपत्यकाबाट धनबहादुर देवान, देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा, पूर्णप्रसाद लुम्बा याक्खा, पाँचछरबाट गजेन्द्र देवान चयन भएको निर्वाचन मण्डलका अध्यक्ष दुर्गा लिंकाले जानकारी दिए ।

निर्वाचन मण्डलमा लिलामणि जिमी र सोमा याक्खा सदस्य रहेका थिए । निर्वाचित समितिका तर्फबाट अध्यक्ष जिमीले प्रतिवद्धता व्यक्त गरेका थिए भने निर्वाचित समितिलाई प्रत्यासी लहरुमाया र निर्वाचन मण्डल सदस्य एवम संस्थापक छुम्मा अध्यक्ष लिलामणि जिमीले शुभकामना व्यक्त गरेका थिए ।

शनिबार सम्पन्न खुला सत्रमा ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता विध्या जिमी (भारोत्तोलन), एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्य विजेता निला जिमी, प्याराग्लाइडिङ राष्ट्रिय प्रशिक्षक देशवीर जिमी, याक्खा समुदायबाट प्रथम पिएचडी डा. गणेश जिमी, भवन निर्माण समिति संयोजक नेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुख सल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

लिलबहादुर रोगुको अध्यक्षतामा सम्पन्न महाधिवेशनको खुला सत्र सञ्चालन महासचिव दिपक याक्खाले गरेका थिए भने स्वागत उपाध्यक्ष लहरुमाया जिमीले गरेका थिइन ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...