शहीद लाजेहाङकाे बेलबारीमा अन्त्येष्टि, हजारौं सहभागी

 लिम्बुवान न्युज
                       


दमक, ९ वैशाख । कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम कुमार लिम्बू (लाजेहाङ्)को अन्त्येष्टि गरिएको छ । आज शनिबार किरात धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो ।

गत चैत ५ गते विराटनगरमा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा भएको बृहत जनप्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट टाउकोमा गम्भीर चोट लागि घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

मृत्यू भएका लिम्बुको शव धरानस्थित बीपी प्रतिष्ठानको मर्चरीमा राखेर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिएको थिए । आन्दोलनरत पक्षले शहीद घोषणाको माग गर्दै शव बुझ्न नमानेपछि संघीय सरकारले चैत्र २४ गते लिम्बूलाई शहीद घोषणा गरेको थियो । शहीद परिवारलाई १० लाख क्षतिपुर्ति दिने सरकारले घोषणा गरेको छ ।

शहीद लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालका प्रान्तीय सचिवालय सदस्य तथा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । उनको शवलाई लिम्बुवान भोलेन्यिटर्सले श्रद्धाञ्जली अर्पण गर्दै शलामी दिएको थियो ।

शहीद परिवारसँगको समन्वय पछि संघर्ष समितिले लाजेहाङलाई २९ दिनपछि शनिबार अन्तिम संस्कारका लागि धरान बिपिमा पोस्टमार्टम गरि धरानस्थित भानुचोकमा श्रद्धाञ्जली गरि शवयात्रा गर्दै इटहरी चोकमा पुनः श्रद्धाञ्जली गर्दै शव विराटनगर पुराइएको थियो । माेटरसाइकल र्याली सहित सम्पन्न कार्यक्रममा हजाराैं जना सहभागी भएका थिए ।

विराटनगर महेन्द्र चोकहुँदै प्रदेशसभा भवन अगाडि र मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोकमा पुराएर श्रद्धाञ्जली सभा गर्ने आयोजकको तयारी थियो यद्यपी सो स्थानमा प्रहरी प्रशासनले कार्यक्रम गर्न दिइएन । शव यात्राको क्रममा विराटनगरमा झडप भएको छ । झडपमा ६ जना सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार ३ नेपाल प्रहरी, ३ सशस्त्र प्रहरी र किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय अध्यक्ष प्रेम एक्तेन सहित ६ जना आन्दोलरत पक्षकाहरु घाइते भएका छन् । शवयात्राको क्रममा प्रहरी प्रशासनको दमनप्रति आन्दोलनरत संघर्ष समितिका प्रमुखहरुले आपत्ती जनाएका छन् । उनीहरुले प्रहरी दमनको विरोध गरेका छन् ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । संघर्ष समितिले भोलि १० गते इटहरीमा बिरोध सभा र ११ गते देखि विराटनगर केन्द्रित कार्यक्रम समेत घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...