शहीद लाजेहाङकाे बेलबारीमा अन्त्येष्टि, हजारौं सहभागी

 लिम्बुवान न्युज
                       


दमक, ९ वैशाख । कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम कुमार लिम्बू (लाजेहाङ्)को अन्त्येष्टि गरिएको छ । आज शनिबार किरात धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो ।

गत चैत ५ गते विराटनगरमा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा भएको बृहत जनप्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट टाउकोमा गम्भीर चोट लागि घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

मृत्यू भएका लिम्बुको शव धरानस्थित बीपी प्रतिष्ठानको मर्चरीमा राखेर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिएको थिए । आन्दोलनरत पक्षले शहीद घोषणाको माग गर्दै शव बुझ्न नमानेपछि संघीय सरकारले चैत्र २४ गते लिम्बूलाई शहीद घोषणा गरेको थियो । शहीद परिवारलाई १० लाख क्षतिपुर्ति दिने सरकारले घोषणा गरेको छ ।

शहीद लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालका प्रान्तीय सचिवालय सदस्य तथा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । उनको शवलाई लिम्बुवान भोलेन्यिटर्सले श्रद्धाञ्जली अर्पण गर्दै शलामी दिएको थियो ।

शहीद परिवारसँगको समन्वय पछि संघर्ष समितिले लाजेहाङलाई २९ दिनपछि शनिबार अन्तिम संस्कारका लागि धरान बिपिमा पोस्टमार्टम गरि धरानस्थित भानुचोकमा श्रद्धाञ्जली गरि शवयात्रा गर्दै इटहरी चोकमा पुनः श्रद्धाञ्जली गर्दै शव विराटनगर पुराइएको थियो । माेटरसाइकल र्याली सहित सम्पन्न कार्यक्रममा हजाराैं जना सहभागी भएका थिए ।

विराटनगर महेन्द्र चोकहुँदै प्रदेशसभा भवन अगाडि र मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोकमा पुराएर श्रद्धाञ्जली सभा गर्ने आयोजकको तयारी थियो यद्यपी सो स्थानमा प्रहरी प्रशासनले कार्यक्रम गर्न दिइएन । शव यात्राको क्रममा विराटनगरमा झडप भएको छ । झडपमा ६ जना सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार ३ नेपाल प्रहरी, ३ सशस्त्र प्रहरी र किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय अध्यक्ष प्रेम एक्तेन सहित ६ जना आन्दोलरत पक्षकाहरु घाइते भएका छन् । शवयात्राको क्रममा प्रहरी प्रशासनको दमनप्रति आन्दोलनरत संघर्ष समितिका प्रमुखहरुले आपत्ती जनाएका छन् । उनीहरुले प्रहरी दमनको विरोध गरेका छन् ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । संघर्ष समितिले भोलि १० गते इटहरीमा बिरोध सभा र ११ गते देखि विराटनगर केन्द्रित कार्यक्रम समेत घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;