सहिद लाजेहाङको शवयात्रामा प्रहरीले गरेको दमनको समितिद्वारा निन्दा

 लिम्बुवान न्युज
                       

दमक, १० वैशाख । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद पदम कुमार लिम्बु (लाजेहाङ) को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ।

आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बिज्ञप्ति जारी गर्दै सो माग गरेको हो । बिज्ञप्ति मा भनिएको छ, `सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाजेहाङको शव यात्रा जस्तो मृत्यु संस्कारमा प्रहरीले गरेको नृशंस आक्रमण र निहत्था मलामीमाथि घरका छतमाथिबाट रबरका गोली र अश्रुग्यासले आक्रमण गर्नु गम्भीर मानवअधिकार उलङ्घनको कुकृत्य भएकाले यसमा मानअधिकारकर्मीहरू समेतले ध्यान दिन ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ ध्यान आकर्षण गराउँदछ ।´

वैशाख ९ गते नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी सहिद ‘लाजेहाङ’को अन्त्येष्टि संस्कार खातिर धरानदेखि – इटहरी – विराटनगर –बेलबारी रुटमा शव यात्रा गर्ने समय र प्रक्रिया बारेमा प्रहरी प्रशासनसँग समन्वय गरेको अवस्थामा समेत शव यात्रा गरिरहेको अवस्थामा विराटनगर रोडशेषमा पुग्दा प्रहरीले एक्कासी अवरोध गरी घरका छतबाट दर्जनौँ रबरका गोली र सयौँ अश्रुग्यास सेलहरू प्रहार गरी मलामीहरूलाई घाइते बनाएको साथै मृत्यु संस्कार कर्म गर्नमा पुर्‍याएको अवरोधप्रति संघर्ष समितिले खेद व्यक्त गर्दै तीब्र निन्दा गरेको छ ।

शव यात्रामा सहभागी निहत्था मलामीहरूमाथि प्रहरीले अन्धाधुन्द रबरका गोली र अश्रुग्यास प्रहार गर्दा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष देवान राईको टाउकोमा चोट, इटहरीकी दया राईको खुट्टोमा गम्भीर घाउ, किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनको ढाडमा घाउ, इटहरीका डेनिज राईको हात फ्रयाक्चर, सन्त (राजकुमार) सेर्माको खुट्टोमा गहिरो घाउचोट, विराटनगरका चन्द्रकुमार राईको खुट्टोमा गम्भीर घाउ, मनिता याक्खा, ताप्लेजुङका मोमु केछाङ, खगेन याक्खा लगायतलाई गम्भीर घाउचोट लागेर उपचाररत रहेको बताइएको छ  ।
संघर्ष समिति प्रदेश नाम कोशी  खारेज गरी  ऐतिहासिक पृष्ठभूमि तथा प्राचीन सभ्यता र पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर्नुपर्ने माग गर्दै आएको छ ।

संघर्ष समितिको कार्यक्रम येस्तो थियो 

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को बैठक  बैशाख ५ गते बसी पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई  वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय थियो । अन्त्येष्टिको लागि शव यात्रा गर्दा ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने र १२:३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेश सभा परिक्रमा गराउँदै २:३० बजे सहिद लाजेहाङको घर बेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने कार्यक्रम तय गरिएको थियो ।

आज (बैशाख १० गते) इटहरीमा र वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...

लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला...