काेशी प्रदेश विरूद्ध आजबाट हुने कार्यक्रम केही दिनलाइ स्थगनः निर्णायक आन्दाेलनकाे तयारी थाल्न वार्डवार्डमा संघर्ष समिति गठन

 लिम्बुवान न्युज
                       

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन स्थगन भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले साेमबारदेखिकाे जनप्रदर्शन नगर्ने जनाएकाे हाे ।

पुर्व निर्धारित आन्दोलनलाई कोशी  प्रदेश सभाको बैठक केन्द्रित गर्ने भएको छ । `यो अवधिमा सरकारको मौनताले आन्दोलनरत जनता अझ आक्रोशित अवस्थामा रहेका छन्`बिज्ञप्तिमा भनिएको छ,´यसैबिच वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनलाई प्रदेश सभाको बैठक केन्द्रित गरी सो बैठकबाट प्रदेशको ‘कोशी’ नाम खारेज गराउने गरी र प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको पुन: नामकरण गर्ने गराउने गरी निर्णायक आन्दोलन गर्ने रणनीति बनाउँदै आन्दोलन केही समयका लागि सारिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।´ जारी विज्ञप्तिमा उल्लेख छ ।

वैशाख ११ देखि २१ गतेसम्म संयुक्त सङ्घर्ष समिति गठन हुन बाँकी रहेका प्रदेशको हरेक वडा वडामा समिति गठन गरिसक्ने, पूर्व घोषित कार्यक्रमहरू प्रदेशको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, ८२ जना प्रदेश सभा सदस्यहरूलाई कालो झण्डा देखाउने, सरकारी कार्यालयहरूमा कोशी लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प नचलाउने, हटाउने र पालिकाहरूमा ‘कोशी’ नाम विरुद्धको कार्यक्रमहरू निरन्तर गर्ने विज्ञप्तिमा भनिएकाे छ ।

यसैगरी ‘कोशी’ प्रदेश नाममा मत दिएका प्रदेश सांसदहरूलाई भेटेर हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने । ८२ सांसदहरूको विरुद्धमा विरोध सभा गर्ने र विराटनगरमा ती सांसदहरूलाई कोठा भाडामा नदिन घरवालाहरूलाई अनुरोध गर्ने कार्यक्रम समेत गरिने जनाएइएकाे छ ।

सङ्घर्षरत सङ्गठनका नेताहरू गाउँगाउँ गएर “कोशी नाम खारेजी अभियान” सञ्चालन गर्दै निर्णायक आन्दोलनको तयारी मा जुट्न समेत विज्ञप्ति मार्फत भनिएकाे छ ।

प्रेस विज्ञप्ति

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...