गंगा राइकाे संयाेजकत्वमा १ हजार १ सय ११ सदस्य संघर्ष समिति गठन

 लिम्बुवान न्युज
                       

काठमाडाैं, १३ वैशाख। उदयपुर जिल्लामा १ हजार १ सय ११ जनाको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन भएको छ ।

जिल्ला संयुक्त संघर्ष समिति घोषणा कार्यक्रम अन्तर्गत मंगलबार सदरमुकाम गाईघाट स्थित टावनहल होटलमा आयोजित भेलाले संचारकर्मी तथा महिला अधिकारकर्मी गंगा राईको संयोजकत्वमा उक्त समिति गठन भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले कसैले नचाहेको पहिचान ‘कोशी’ बनाइनुले दलहरुको नश्लीय चरित्र उदांगो भएको बताए ।

ठूला दल भनाउँदाहरु अहिले पनि संवैधानिक राजतन्त्र र पञ्चायती मनोवृत्तिले ग्रस्त भएकोले पहिचान गुमाउन पुगेको उनको धारणा थियो ।

उनले भने, ‘पहिचानको आन्दोलन उठेको छ, यसलाई कुनै कसैको तागतले रोक्न सक्दैन र पहिचान प्राप्तिको लागि दत्तचित्त भएर लाग्न पहिचान पक्षधरहरुलाई आग्रह गर्दछु ।’

किराया महासचिव भिम राईले पहिचानको आन्दोलन तुहाउँन अनेकौ बहानावाजी भइरहेकोप्रति सचेत रहन आग्रह गरेका छन् । उनले आन्दोलनलाई निष्कर्षमा पु¥याउन पहिचान पक्षधरहरु सबै एक हुनु पर्ने बताए ।

संयुक्त संघर्ष समितिका घटक जनमुक्ति पार्टीका महासचिव बलदिप राई, जनता समाजवादी पार्टी निकट किरात राष्ट्रिय समितिका सचिव गोपाल राई, नेकपा माओवादी केन्द्र त्रियुगा नगर उपाध्यक्ष शोभराज तामाङ, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष डिवी गुरुङले पहिचानको आन्दोलनलाई एकतावद्ध भएर सफल पार्नु पर्ने बताए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, किराया केन्द्रीय उपाध्यक्ष देवन राई, युवराज राई, महासचिव भिम राई, किरात प्रज्ञापरिषदका केन्द्रीय सदस्य भद्रगोल किराती, किरायाका वरिष्ठ संरक्षक सदस्य गणेश पुमा, सिद्धान्त राई लगायतका उपस्थिती रहेको थियो ।

 

शान्तिपूर्ण आन्दोलनलाई सरकारले तत्काल सम्वोधन गरी आन्दोलनलाई रचनात्मक निष्कर्षमा पु¥याउनु पर्नेमा सरकार माैन रहेकाे हुँदा सांसदहरुलाई गाउँवस्तीमा रोक लगाउनुका साथै राजनीतिक कार्यक्रमहरु बिथोल्ने समेत सहभागी संगठन प्रमुखहरूले वताए ।

आदिवासी जनजातिहरुको पहिचानलाई कम्जोर बनाउने सरकारको दुष प्रयास मान्य नहुने र त्यसको विपक्षमा आफूहरु जस्तोसुकै मूल्य चुकाउन पनि बाध्य हुने उनीहरूले बताए ।

पहिचानवादीको जति रगत पसिना बग्छ त्यो बगोस् तर, पहिचान मेटेर हामी पछि हट्ने छैनौ, पहिचानको लागि लाखौ युवाहरु लाजेहाङ बन्न तयार रहेको उनीहरूकाे जिकिर रहेकाे छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;