गंगा राइकाे संयाेजकत्वमा १ हजार १ सय ११ सदस्य संघर्ष समिति गठन

,   लिम्बुवान न्युज
                       

काठमाडाैं, १३ वैशाख। उदयपुर जिल्लामा १ हजार १ सय ११ जनाको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन भएको छ ।

जिल्ला संयुक्त संघर्ष समिति घोषणा कार्यक्रम अन्तर्गत मंगलबार सदरमुकाम गाईघाट स्थित टावनहल होटलमा आयोजित भेलाले संचारकर्मी तथा महिला अधिकारकर्मी गंगा राईको संयोजकत्वमा उक्त समिति गठन भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले कसैले नचाहेको पहिचान ‘कोशी’ बनाइनुले दलहरुको नश्लीय चरित्र उदांगो भएको बताए ।

ठूला दल भनाउँदाहरु अहिले पनि संवैधानिक राजतन्त्र र पञ्चायती मनोवृत्तिले ग्रस्त भएकोले पहिचान गुमाउन पुगेको उनको धारणा थियो ।

उनले भने, ‘पहिचानको आन्दोलन उठेको छ, यसलाई कुनै कसैको तागतले रोक्न सक्दैन र पहिचान प्राप्तिको लागि दत्तचित्त भएर लाग्न पहिचान पक्षधरहरुलाई आग्रह गर्दछु ।’

किराया महासचिव भिम राईले पहिचानको आन्दोलन तुहाउँन अनेकौ बहानावाजी भइरहेकोप्रति सचेत रहन आग्रह गरेका छन् । उनले आन्दोलनलाई निष्कर्षमा पु¥याउन पहिचान पक्षधरहरु सबै एक हुनु पर्ने बताए ।

संयुक्त संघर्ष समितिका घटक जनमुक्ति पार्टीका महासचिव बलदिप राई, जनता समाजवादी पार्टी निकट किरात राष्ट्रिय समितिका सचिव गोपाल राई, नेकपा माओवादी केन्द्र त्रियुगा नगर उपाध्यक्ष शोभराज तामाङ, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष डिवी गुरुङले पहिचानको आन्दोलनलाई एकतावद्ध भएर सफल पार्नु पर्ने बताए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, किराया केन्द्रीय उपाध्यक्ष देवन राई, युवराज राई, महासचिव भिम राई, किरात प्रज्ञापरिषदका केन्द्रीय सदस्य भद्रगोल किराती, किरायाका वरिष्ठ संरक्षक सदस्य गणेश पुमा, सिद्धान्त राई लगायतका उपस्थिती रहेको थियो ।

 

शान्तिपूर्ण आन्दोलनलाई सरकारले तत्काल सम्वोधन गरी आन्दोलनलाई रचनात्मक निष्कर्षमा पु¥याउनु पर्नेमा सरकार माैन रहेकाे हुँदा सांसदहरुलाई गाउँवस्तीमा रोक लगाउनुका साथै राजनीतिक कार्यक्रमहरु बिथोल्ने समेत सहभागी संगठन प्रमुखहरूले वताए ।

आदिवासी जनजातिहरुको पहिचानलाई कम्जोर बनाउने सरकारको दुष प्रयास मान्य नहुने र त्यसको विपक्षमा आफूहरु जस्तोसुकै मूल्य चुकाउन पनि बाध्य हुने उनीहरूले बताए ।

पहिचानवादीको जति रगत पसिना बग्छ त्यो बगोस् तर, पहिचान मेटेर हामी पछि हट्ने छैनौ, पहिचानको लागि लाखौ युवाहरु लाजेहाङ बन्न तयार रहेको उनीहरूकाे जिकिर रहेकाे छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;