मेरो उम्मेदवारी एकल जातिय ढंगले चलिरहेको मुलक बिरुद्धको बिद्रोह हो – डकेन्द्र सिंह लिम्बु

 लिम्बुवान न्युज
                       

 

मङ्सेबुङ, २२ चैत/इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवरी घोषणा गरेका डकेन्द्र सिंह थेगिमले आफु पहिचान र अस्तित्व रक्षाको लागि पहिचान पक्षधरको साझा उम्मेदवार भएकोले बिजयी हुनेमा विश्वस्त रहेको बताए ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम जितौं अभियान चुनाव प्रचार प्रसार समिति माङसेबुङ इलामको आयोजनामा बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभामा बोल्दै उनले पहिचान पक्षधर सबैले मत दिएर बिजयी हुनेमा विश्वस्त रहेको बताएका हुन् ।

‘यो चुनावमा सहभागी जनाएको नभएर पहिचान र अस्तित्वको आनदोलनलाई जारी राख्दै उपयोग मात्र गरेको हो’ डकेन्द्र सिंह थेगिमले भने, ‘पुर्खादेखि रहि आएको इतिहास र सभ्यतालाई बचाउनको निमित्त भएपनि इलामे जनताले मलाई बिजयी गराएर प्रतिनिधि सभामा पठाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’

‘मेरो उम्मेदवारी एकल जातिय ढंगले चलिरहेको मुलक बिरुद्धको बिद्रोह हो’ थेगिमले भने, ‘अहिलेसम्म एकात्मक शैलीमा यो मुलुक चलिरहेको छ, त्यसको बिरुद्ध प्रतिकारको रुपमा यो मेरो उम्मेदवारी रहेको छ । त्यसैले मलाई आगमी चुनावमा मतदान गरेर बिजयी गराउनुको बिकल्प छैन ।’

उनले भने, ‘यदि मेरो बिजयी प्राप्त हुन सकेन भने फेरि पनि आन्दोलनहर हुन सक्छ, अशान्ति हुन सक्छ र समृद्धिमा आँच आउन सक्छ त्यसैले शान्ति, समृद्धि र पहिचान र अस्तित्व रक्षाको निमित्त मैले जित्नुको विकल्प छैन ।’

मलाई बिजयी गराउनु भयो भने, कोशी प्रदेश नाम एकल जातिय एकल गोत्रीय ढंगले राखिएको छ, जुन नाम खारेज गरेर पहिचानको आधारमा, संस्कृति सभ्यता र भाषाको आधारमा अस्तित्वको आधारमा पुनः नामाङकन गर्न प्रतिनिधि सभामा बुलन्द आवाज उठाउने छु, थेगिमले भने ।

साझा उम्मेदवार बनेका थेगिमले किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष र फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवारको रुपमा अघि सारिएसँगै आफुले नेतृत्व गरिरहेको दूईवटै संस्थाबाट राजिनामा दिनुपर्ने माग सहित माङसेबुङका केहि युवाहरुबाट असन्तुष्टि आइरहेले युवाहरुको माग र विचारलाई सम्मान गर्दै संघ र प्रतिष्ठानको अध्यक्षबाट राजीनामा दिएको बताए ।

दुबै संस्थाको पदिय दायित्वबाट मुक्त भएको खण्डमा माङसेबुङका असन्तुष्ट युवाहरुले खुलेरै साथ दिन्छौ भनेकै कारण पनि युवाहरुको विचारलाई सम्मान गरेको उनको भनाई थियो ।

यसैगरि कार्यक्रमलाई सभ्य अनि भव्य बनाउनको निमित्त राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरु मोडल तथा नायिका सिर्जना निङलेकु, गायक टिकाहाङ लिम्बू, गायिका सबिना योङहाङ, गायक सिदान्त खड्का, गायक कञ्चन थलङ, गायिका तिर्सना नेम्बाङ, गायिका दिपा सुहाङ र गायिका सुनिता थेगिम लगायतले बेजोड सांगितिक प्रस्तुति समेत दिएका थिए ।

प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङले सम्बोधन गरेको चुनावी आमसभामा प्रस्तावित राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ट नेता सञ्जुहाङ पालुङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’, किरात याक्थुङ चुम्लुङका सङघीय अध्यक्ष प्रेम येक्तेन, पहिचानका लागि युवा केन्द्रीय सहसंयोजक बीरहाङ आङदेम्बे, नागरिक उनमुक्ति पार्टीका बरिष्ठ नेता ज्ञानबहादुर गुरुङ, जसपा नेपाल राष्ट्रिय युवा समिति अध्यक्ष जेन्टल लावती, किरात राई यायोख्खाका केन्द्रिय उप–महासचिव अर्जुन जुम्नेली, कोचिला संघर्ष समितिका अध्यक्ष टिनारायण चौधरी लगायतका वक्ताहरूले बिजयीको अग्रिम शुभकामना सहित मन्तव्य राखेका थिए ।

किसन खजुमको अध्यक्षतामा धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङको प्रमुख अतिथ्यतामा सम्पन्न थेगिमको चुनावी आमसभामा औचित्य मन्तव्य रामभक्त कुरुम्बाङ, स्वागत मन्तव्य गुल्सन आङबुहाङ तथा सञ्चालन रविन कुरुम्बाङ र अर्जुन सङबाङफेले गरेका थिए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...