मेरो उम्मेदवारी एकल जातिय ढंगले चलिरहेको मुलक बिरुद्धको बिद्रोह हो – डकेन्द्र सिंह लिम्बु

 लिम्बुवान न्युज
                       

 

मङ्सेबुङ, २२ चैत/इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवरी घोषणा गरेका डकेन्द्र सिंह थेगिमले आफु पहिचान र अस्तित्व रक्षाको लागि पहिचान पक्षधरको साझा उम्मेदवार भएकोले बिजयी हुनेमा विश्वस्त रहेको बताए ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम जितौं अभियान चुनाव प्रचार प्रसार समिति माङसेबुङ इलामको आयोजनामा बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभामा बोल्दै उनले पहिचान पक्षधर सबैले मत दिएर बिजयी हुनेमा विश्वस्त रहेको बताएका हुन् ।

‘यो चुनावमा सहभागी जनाएको नभएर पहिचान र अस्तित्वको आनदोलनलाई जारी राख्दै उपयोग मात्र गरेको हो’ डकेन्द्र सिंह थेगिमले भने, ‘पुर्खादेखि रहि आएको इतिहास र सभ्यतालाई बचाउनको निमित्त भएपनि इलामे जनताले मलाई बिजयी गराएर प्रतिनिधि सभामा पठाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’

‘मेरो उम्मेदवारी एकल जातिय ढंगले चलिरहेको मुलक बिरुद्धको बिद्रोह हो’ थेगिमले भने, ‘अहिलेसम्म एकात्मक शैलीमा यो मुलुक चलिरहेको छ, त्यसको बिरुद्ध प्रतिकारको रुपमा यो मेरो उम्मेदवारी रहेको छ । त्यसैले मलाई आगमी चुनावमा मतदान गरेर बिजयी गराउनुको बिकल्प छैन ।’

उनले भने, ‘यदि मेरो बिजयी प्राप्त हुन सकेन भने फेरि पनि आन्दोलनहर हुन सक्छ, अशान्ति हुन सक्छ र समृद्धिमा आँच आउन सक्छ त्यसैले शान्ति, समृद्धि र पहिचान र अस्तित्व रक्षाको निमित्त मैले जित्नुको विकल्प छैन ।’

मलाई बिजयी गराउनु भयो भने, कोशी प्रदेश नाम एकल जातिय एकल गोत्रीय ढंगले राखिएको छ, जुन नाम खारेज गरेर पहिचानको आधारमा, संस्कृति सभ्यता र भाषाको आधारमा अस्तित्वको आधारमा पुनः नामाङकन गर्न प्रतिनिधि सभामा बुलन्द आवाज उठाउने छु, थेगिमले भने ।

साझा उम्मेदवार बनेका थेगिमले किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष र फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवारको रुपमा अघि सारिएसँगै आफुले नेतृत्व गरिरहेको दूईवटै संस्थाबाट राजिनामा दिनुपर्ने माग सहित माङसेबुङका केहि युवाहरुबाट असन्तुष्टि आइरहेले युवाहरुको माग र विचारलाई सम्मान गर्दै संघ र प्रतिष्ठानको अध्यक्षबाट राजीनामा दिएको बताए ।

दुबै संस्थाको पदिय दायित्वबाट मुक्त भएको खण्डमा माङसेबुङका असन्तुष्ट युवाहरुले खुलेरै साथ दिन्छौ भनेकै कारण पनि युवाहरुको विचारलाई सम्मान गरेको उनको भनाई थियो ।

यसैगरि कार्यक्रमलाई सभ्य अनि भव्य बनाउनको निमित्त राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरु मोडल तथा नायिका सिर्जना निङलेकु, गायक टिकाहाङ लिम्बू, गायिका सबिना योङहाङ, गायक सिदान्त खड्का, गायक कञ्चन थलङ, गायिका तिर्सना नेम्बाङ, गायिका दिपा सुहाङ र गायिका सुनिता थेगिम लगायतले बेजोड सांगितिक प्रस्तुति समेत दिएका थिए ।

प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङले सम्बोधन गरेको चुनावी आमसभामा प्रस्तावित राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ट नेता सञ्जुहाङ पालुङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’, किरात याक्थुङ चुम्लुङका सङघीय अध्यक्ष प्रेम येक्तेन, पहिचानका लागि युवा केन्द्रीय सहसंयोजक बीरहाङ आङदेम्बे, नागरिक उनमुक्ति पार्टीका बरिष्ठ नेता ज्ञानबहादुर गुरुङ, जसपा नेपाल राष्ट्रिय युवा समिति अध्यक्ष जेन्टल लावती, किरात राई यायोख्खाका केन्द्रिय उप–महासचिव अर्जुन जुम्नेली, कोचिला संघर्ष समितिका अध्यक्ष टिनारायण चौधरी लगायतका वक्ताहरूले बिजयीको अग्रिम शुभकामना सहित मन्तव्य राखेका थिए ।

किसन खजुमको अध्यक्षतामा धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङको प्रमुख अतिथ्यतामा सम्पन्न थेगिमको चुनावी आमसभामा औचित्य मन्तव्य रामभक्त कुरुम्बाङ, स्वागत मन्तव्य गुल्सन आङबुहाङ तथा सञ्चालन रविन कुरुम्बाङ र अर्जुन सङबाङफेले गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...