तराइमधेशकेन्दित ७ दलकाे ‘‘संघीय लाेकतान्त्रिक माेर्चा’’ घाेषणा

 लिम्बुवान न्युज
                       

ललितपुर, २२ चैत्र । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापना गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् ।

मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले मोर्चा घोषणा गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामर्थ्य र पहिचानको आधारमा प्रदेशहरूको नामाङकन र संरचना गर्न/गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिबद्धताहरू रहेका छन् ।

घोषणा कार्याक्रममा वितरण गरिएको विज्ञप्तिमा राजस्व तथा स्रोतसाधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवा–सुविधाहरू जनतामा पुर्‍याउन प्रदेशलाई सक्षम बनाई स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई समृद्ध पार्ने प्रतिबद्धताहरू पनि उल्लेख गरिएको छ ।

मोर्चाले विगतमा नेपाल सरकार र आन्दोलनकारी शक्तिहरूबीच गरिएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौतका साथै अन्य राजनीतिक दल/संगठन र सरकारबीच गरिएका सहमति तत्काल कार्यान्वयन गराउने उद्देश्य राखेको छ ।

मोर्चाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, जनआन्दोलन, मधेश जनविद्रोह आन्दोलन, थरुहट र लिम्बुवानलगायत विभिन्न आन्दोलनमा पक्राउ गरी राज्यले मुद्दा लगाएका बन्दीहरूलाई रिहाइको माग गरेको छ ।

Madhesh kendrt mortcha

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...