दमकमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू

 लिम्बुवान न्युज
                       

दमक, २३ चैत्र ।   झापाको दमक ७ स्थित सयपत्री टाेलमा बिहीबारदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेकाे महोत्सव आगामी बैशाख १ गते सञ्चालन हुने आयोजक संस्था जनाएको छ ।

महोत्सवको विधिवत उद्घाटन आदिवासी जनजाति प्रतिष्ठानकी उपाध्यक्ष रेशम गुरुङले गरिन् । १ बैशाखसम्म चल्ने महोत्सव उद्घाटनमा प्रतिष्ठानका सचिव मल राजवंशी, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, दमकका प्रथम नागरिक धिमालका अध्यक्ष तेजबहादुर धिमाल लगायत वडाध्यक्ष, दमक नगरमा रहेका जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

महोत्सव उद्घाटनमा वक्ताहरुले आदिवासी जनजातिको अधिकार र संस्कृति संरक्षण तथा सम्बद्र्धनका जातीय एकता र सद्भाव कायम राख्दै सांस्कृतिक रूपमा जातीय विविधतालाइ माैलिक सम्पत्तिकाे रूपमा विकास गर्न यस प्रकारकाे महाेत्सवले सहयाेग पुर्याउने चर्चा गरेका छन् ।

आदिवासी जनजातिको संस्कार, रीतिरिवाज, परम्परा, भुषभुषा र संस्कृति देशकै सम्पदा भएकाले यसको सम्वद्र्धन र प्रवद्र्धनमा सबै पक्ष लाग्नुपर्ने उनीहरुको भनाई राखेका छन् ।

महोत्सवमा बिभिन्न जातीय घरहरु, पाेषाक, परिकार तथा अन्य हस्तकलाका सामग्रीहरुको समेत प्रदर्शनी गरिएको छ । महोत्सव शुरु अघि जातिय संस्थाहरुको वृहत ¥यालीले दमक वजार परिक्रमा समेत गरेकाे थियाे ।

महोत्सवलाई आर्कषण बनाउन हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघकी कोषाध्यक्ष ओममाया आङदेम्बेले बताईन् । साथै कार्यक्रममा विभिन्न जातीय झाँकी सहितका कलाकारहरूकाे समेत प्रस्तुति रहने उनले वताइन् ।

तस्वीरहरूः

सम्बन्धित समाचार

जारी-२ काे छायाँकन पान्थरमा शुरू

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे । चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका...

किरातीहरुले उभौली पर्व हर्षाेल्लासका साथ मनाए

ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् । पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास...

२५६९औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइदै

काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...