दमकमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू

,   लिम्बुवान न्युज
                       

दमक, २३ चैत्र ।   झापाको दमक ७ स्थित सयपत्री टाेलमा बिहीबारदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेकाे महोत्सव आगामी बैशाख १ गते सञ्चालन हुने आयोजक संस्था जनाएको छ ।

महोत्सवको विधिवत उद्घाटन आदिवासी जनजाति प्रतिष्ठानकी उपाध्यक्ष रेशम गुरुङले गरिन् । १ बैशाखसम्म चल्ने महोत्सव उद्घाटनमा प्रतिष्ठानका सचिव मल राजवंशी, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, दमकका प्रथम नागरिक धिमालका अध्यक्ष तेजबहादुर धिमाल लगायत वडाध्यक्ष, दमक नगरमा रहेका जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

महोत्सव उद्घाटनमा वक्ताहरुले आदिवासी जनजातिको अधिकार र संस्कृति संरक्षण तथा सम्बद्र्धनका जातीय एकता र सद्भाव कायम राख्दै सांस्कृतिक रूपमा जातीय विविधतालाइ माैलिक सम्पत्तिकाे रूपमा विकास गर्न यस प्रकारकाे महाेत्सवले सहयाेग पुर्याउने चर्चा गरेका छन् ।

आदिवासी जनजातिको संस्कार, रीतिरिवाज, परम्परा, भुषभुषा र संस्कृति देशकै सम्पदा भएकाले यसको सम्वद्र्धन र प्रवद्र्धनमा सबै पक्ष लाग्नुपर्ने उनीहरुको भनाई राखेका छन् ।

महोत्सवमा बिभिन्न जातीय घरहरु, पाेषाक, परिकार तथा अन्य हस्तकलाका सामग्रीहरुको समेत प्रदर्शनी गरिएको छ । महोत्सव शुरु अघि जातिय संस्थाहरुको वृहत ¥यालीले दमक वजार परिक्रमा समेत गरेकाे थियाे ।

महोत्सवलाई आर्कषण बनाउन हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघकी कोषाध्यक्ष ओममाया आङदेम्बेले बताईन् । साथै कार्यक्रममा विभिन्न जातीय झाँकी सहितका कलाकारहरूकाे समेत प्रस्तुति रहने उनले वताइन् ।

तस्वीरहरूः

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;