मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति गठन

,   लिम्बुवान न्युज
                       


तेह्रथुम, २२ चैत्र । तेह्रथुमस्थित मेयङलुङमा भएको एक भेलाले मुन्धुमी आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणको लागि समिति गठन भएको छ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाका अध्यक्ष सेसेहाङ चोङबाङको संयोजकत्वमा मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति गठन भएको हो ।

बिहीबार भएको कार्यक्रमले समितिको सहसंयोजकहरुमा सुविन्द्र थेगुवा, मेघराज सम्बाहाम्फे, देवीनारायण सम्बाहाम्फे, भिमराज कन्दङवा र नारायणमान गुरुङलाई चयन गरेको छे भने यसैगरी सदस्य सचिवमा राजकुमार तेयुङलाई जिम्मेवारी दिईएको छ ।

यसरी नै समितिको सदस्यहरुमा रितुराज थेगुवा, अरुणा सिंगक, रुद्र तामाङ, कृष्ण कट्वाल, सवंय सिंजागु, ममता सावदेन, अमर निङलेकु, राम तुम्बाहाम्फे, लोकबहादुर सिंगक, दिल बहादुर सोदेम्बा, भिमेस सिंगक, केशरजंग आङबुङ र चहकमान आङबुङ रहेका छन् ।

भेलाले सल्लाहकार समितिमा तेजमान कन्दङ्वा, कपिलदेव सिंगक, वलदेव तुम्बाहाम्फेलाई चयन गरेको छ । मेयङलुङमा भएको उक्त कार्यक्रममा पहिचानवादी मोर्चाका सहसंयोजक ज्ञान बहादुर गुरुङ, केन्द्रीय कार्यालय सचिव खगेन्द्र माखिम लगायत शिर्ष नेताहरुको सहभागिता रहेको थियो । ताप्लेजुङस्थित लिम्बु याक्थुङहरुको आस्थाको धरोहर मुक्कुमलुङ अतिक्रमणगरी केवलकार निर्माणलाई सरकारको सहयोगमा निर्माणपक्षले बलजफती शुरु गरेसँगै मुक्कुमलुङ संरक्षणको लागि विभिन्न चरणमा आन्दोलनहरु भइरहेको छ ।

मुक्कुमलुङ संरक्षण र केवलकार निर्माण रोक्न संघर्ष गर्नका निमित्त सबै जिल्लाहरुमा संघर्ष समिति गठनलाई तिब्रता दिईएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;