राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ

,   लिम्बुवान न्युज
                       

ललितपुर, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिए पनि आजै रूपन्देही भने नलगिने स्रोतले बतायो । उनलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ र शनिबार मात्रै रूपन्देही लगिने उनले बताए ।

‘रवि लामिछानेलाई नियन्त्रणमा लिइएको छ। आज उहाँलाई काठमाडौं परिसरको हिरासतमै राखिन्छ। भोलि मात्रै रूपन्देही लजाने तयारी छ,’ स्रोतले भन्यो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै थुनामा पठाउने आदेश दिएपछि उनी पक्राउ परेका हुन्। पक्राउ पर्नुअघि सभापति लामिछानेले आफू गिरफ्तारी दिन तयार रहेको बताएका थिए।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;