चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

 लिम्बुवान न्युज
                       


दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा सो खेल आयोजना गर्न लागेको हो ।
खेल नयाँ बर्षको अवसर पारेर २०८२ बैशाख ३ गतेबाट संचालन हुने भएको शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत जनाईएको छ । खेल आयोजक समितिका संयोजक देवेन्द्र तुम्म्रोक डम्बरका अनुसार प्रतियोगितालाई उत्कृष्ट र सम्मानजनक तवरबाट सञ्चालन गर्ने बताए ।
यस बर्ष चुलाचुली गाउँपालिकासँग सिमाना जोडिएका विभिन्न ६ र आयोजक २ वटागरि जम्मा ८ वटा टिमहरुको सहभागिता रहने संयोजक डम्बरले बताए । आयोजक चुलाचुली २ वटा (निलो र रातो), कमल गापा, शिवसताक्षी नपा, दमक नपा, मिक्लाजुङ गापा(मोरङ्), माङसेबुङ गा.पा. र माई नपा सहभागि हुने जनाइएको छ ।
चुलाचुली गाउँपालिकामा “अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिता २०८२”सञ्चालन हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने पालिकाको नारालाई जीवन्त पार्दै, चुलाचुली गाउँपालिका स्तरीय युवा तथा खेलकुद समन्वय समितिले नयाँ वर्षको अवसरमा यस खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने बताएको छ ,भने उक्त प्रतियोगिता आगामी २०८२ वैशाख ३ गतेबाट सुरु हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा यस प्रतियोगिताको विवरण सार्वजनिक गर्दै, आयोजक समितिका प्रमुख देबेन्द्र तुम्रुक डम्बरले प्रतियोगिता उत्कृष्ट र सम्मानजनक ढङगले सञ्चालन हुने सुनिश्चित गरिएको बताए। यस प्रतियोगितामा चुलाचुली गाउँपालिकाको सिमाना निकट रहेक पालिका अन्तर्गत विभिन्न ७ वटा टिमहरूको सहभागिता रहनेछ, जसका लागि खेल तालिका पनि सार्वजनिक गरिएको छ ।
प्रतियोगिता ०३ गतेदेखी वैशाख ०७ गतेसम्म सञ्चालन हुनेछ जनाइएको छ यद्यपी फाईनल भने २०८२ वैशाख २० गते सम्पन्न हुने पत्रकार सम्मलेनमा बताइएको छ । सबै खेलहरू चुलाचुली–४स्थित बालज्योति विद्यालयको खेलमैदानमा सम्पन्न हुने संयोजक डम्बरले बताए ।
कुल बजेट ९ लाख रुपैयाँ रहेको छ , यस बजेटमा चुलाचुली गाउँपालिकाले ८ लाख र ४ नं. वडा कार्यालयले १ लाख रुपैयाँ रहेको जनाइएको छ । आयोजकका अनुसार यस प्रतियोगितामा विजेता प्रथम र दोश्रो टिमलाई क्रमशः १ लाख र ५० हजार नगद, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।
पत्रकार सम्मेलन कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्ले यो प्रतियोगिताले चुलाचुलीलाई चिनाउन र नजिकका पालिकाहरुसँगको सम्बन्धलाई थप सुदृढ बनाउने बताउनु भयो । यसैगरी उनले गाउँपालिकामा खेलकुदको प्रोत्साहन र युवा सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । यसैगरी पत्रकार सम्मेलन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...