पान्थरका असल तुम्राेक विजेता बन्दै नगद ५ लाख राशी जित्न सफल

 लिम्बुवान न्युज
                       

दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे  याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक  बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् ।

याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा झापाको दमक–५, स्थित रोयल पार्टी प्यालेसमा शनिबार राती सम्पन्न याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनालेबाट तुम्रोक विजेता घोषित भएका हुन् ।

तुम्रोक १० उत्कृष्ट फाइनलिष्टहरुमध्ये ९ उत्कृष्ट प्रतियोगी प्रतिभाहरुलाई पछि पर्दै सेक्फुङ बन्न सफल भएका हुन ।

विजेता बनेका असल तुम्रोकले विजेताको ट्रफीसँगै नगद ५ लाखका साथै अडियो र भिडियो एल्बम, थुप्रै बिदेश साँगितिक भ्रमण, एक थान गितार, एक थान च्याब्रुङ र प्रमाणपत्र हात पार्दा फक्ताङलुङ सेक्फुङ सवटाइटल समेत जितेका छन् ।

यसैगरी इलामका विजय फागो याक्थुङ फक्ताङलुङ आईडल सेक्फुङ ३ को उप विजेता बनेका छन् । उनले उपविजेताको ट्रफी सँगै २ लाख पचास हजार हात पारेका छन् । यस्तै ४ वटा गित अडियो, स्टुडियो लिप्सिङ भिडियो र एउटा म्युजिक भिडियो, एक थान च्याब्रुङ र प्रमाणपत्र हात पार्दा दूई साँगितिक बिदेश भ्रमण र मुककुम्लुङ सेक्फुङ सवटाइटल समेत जितेका छन् ।

यस्तै भारत सिक्किमकी सन्जित्रा याक्थुङ याक्थुङ फक्ताङलुङ आईडल सेक्फुङ ३ को सेकेन्ड रनरअप भएकी छन् । उनले सेकेन्ड रनरअपको ट्रफी सँगै एक लाख २५ हजार हात पारेकी छन् । यसैगरी तीन वटा गित, स्टुडियो लिप्सिङ भिडियो र एउटा म्युजिक भिडियो, एक थान च्याब्रुङ र प्रमाणपत्र हात पार्दा एक साँगितिक बिदेश भ्रमण र कुम्मायक कुस्सायक सेक्फुङ सवटाइटल समेत जितेकी छन् ।

ताप्लेजुङका अर्जुन नाल्बोले सान्त्वना पुरस्कार जितेका छन् । नाल्बोले ट्रफी, नगद ६० हजारको साथमा २ वटा साम्लो रेकर्डिङ, एउटा स्टुडियो भिडियो र एक थान गितार, एक थान च्याब्रुङ, प्रमाणपत्र र सुम्हात्लुङ सेक्फुङ सवटाइटल समेत जितेका छन् ।

उत्कृष्ट १० मा पर्न सफल दिलिप माखिम, गगन प्रकाश लावती, सुनिता लावती राजेन्द्र सेर्मा, मनु योङहाङ र दर्पण सेर्मा याम्धानले पनि समान एउटा गित रेकर्डिङ साथै स्टुडियो भिडियाको अवसर प्राप्त गरेका छन् ।

गायन प्रतियोगिताबाट दिलिप माखिमले उत्कृष्ट माङ साम्लो गायकको अवार्ड चुम्दा गगन प्रकाश लावतीले उत्कृष्ट हाक्पारे गायक, राजेन्द्र सेर्माले उत्कृष्ट ख्याली गायक, मनु योङहाङले उत्कृष्ट पालाम गायिका, सुनिता लावतीले उत्कृष्ट सिमेरिङ गायिका, दर्पण सेर्मा याम्धानले उत्कृष्ट ताम्अक्या र सन्जित्रा याक्थुङले उत्कृष्ट के साम्लो र उत्कृष्ट हिन्जा साम्लो अवार्ड जितेका छन् ।

यसैगरी मेन्छ्यायेम सेक्फुङ गगन प्रकाश लावती, मिक्लाजङ सेक्फुङ दिलिप माखिम, लब्रे सिलौती सेक्फुङ राजेन्द्र सेर्मा, हिल्लीहाङ सेक्फुङ सुनिता लावती, माङसेबुङ सेक्फुङ दर्पाण सेर्मा याम्धान र सेहोनाम्लाङ सेक्फुङ मनु योङहाङ घोषित भएका छन् ।

यसअघि माघ २५ र २६ मा हुने भनिएको ग्राण्ड फिनाले ताप्लेजङको मुन्धुमी स्थल मुकुम्लुङ, सेमुक्तु, पाथीभरा बचाउको नो केबलकार अभियानमा ऐक्यवद्धता जनाउँदै स्थगन गरिएको थियो ।

रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बद्र्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको फक्ताङलुङ साँस्किृतिक मञ्चका केन्द्रीय अध्यक्ष तथा आयोजक समितिका संयोजक सेर्माले बताए ।

विजेता उपाविजेता र उत्कृष्ट १० प्रतिभाहरुलाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, लिम्बू भाषा साहित्य प्रतिष्ठानका कुलपति सेसेमी से नाल्बो, जसरानी सङबाङफे सेर्मा र गुमान सिं सङबाङफे लगायतले पुरस्कार प्रदान गरेका थिए ।

याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को निर्णायकहरुमा प्रथम लिम्बू गायक भगत सुव्वा, मुन्धुमविद यासेली योङहाङ र स्वरकिनरी गायिका मनु नेम्बाङ रहेका थिए । यसैगरी उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुमा बिजय फागो वनेम, गगन प्रकाश लावती, मनु योङ्हाङ, अशल तुम्रोक, दर्पण शेर्मा(याम्धान), सुनिता लावती, अर्जुन नाल्बो, दिलिप माखिम, सन्जित्रा लिम्बु लाफुन र राजेन्द्र सेर्मा रहेका छन ।

फक्ताङलुङ साँस्किृतिक मञ्चका केन्द्रीय अध्यक्ष तथा आयोजक समितिका संयोजक यादन पुर्ण कुमार सेर्मा यादनको अध्यक्षतामा सम्पन्न ग्राण्ड फिनालेमा आन्छुमे नसान र मिना नेम्बाङले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;