फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ ।

महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको महत्वलाई ध्यानमा राखी आयोजना गरिएको हो ।

फोनिजका संघीय उपाध्यक्ष सरु रानाले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइन् । उनले भनिन्, ‘मोफसलका सम्पूर्ण पत्रकार, सम्बद्ध संघ–संस्था र संचार माध्यमहरूको सहयोगमा यो आयोजना सफल हुने विश्वास छ।’

यसै अवसरमा फोनिजले धर्म, संस्कृति र पर्यटनको केन्द्र लुम्बिनीमा महाधिवेशन राखेर यसको अन्तर्राष्ट्रिय पहिचानलाई मजबूत पार्ने र पत्रकारिताका मुद्दाहरू छलफल गर्ने योजना बताएको छ।

महाधिवेशनमा देशभरका साढे पाँचसय भन्दा धेरै प्रतिनिधिहरु, आदिवासी जनजातिका पत्रकार, संचारकर्मी, सामाजिक संस्थाहरू र नीति निर्माताहरू सहभागी हुने अपेक्षा छ । फोनिजले यस अवसरमा पत्रकारिताको चुनौती, सूचनाको अधिकार र सांस्कृतिक पहिचान जस्ता विषयहरूमा गहन छलफल गरिने बताएको छ ।

फोनिजमा राई, लिम्बु, तामाङ, मगर, नेवार, गुरुङ, सुनुवार, शेर्पा लगायत विभिन्न जाति जातिका पत्रकार संघहरु आबद्ध रहेका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...