सेसेहाङ हुक्पा चोङबाङको संयोजकत्वमा तेह्रथुममा संयुक्त पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       

म्याङलुङ, १२ वैशाख । तेह्रथुममा सेसेहाङ हुक्पा चोङबाङको संयोजकत्वमा ३७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको छ । विहीबार सम्पन्न संयुक्त पहिचानवादी माेर्चाकाे तेह्रथुम भेलाले संयाेजकमा चाेङबाङलाइ चयन गरेकाे हाे । उनी लिम्बुवानखबर डटकमका सम्पादक समेत हुन् ।

साे भेलाले मोर्चाको सहसंयोजकहरुमा कृण्ण कटुवाल, पार्वता तेयुङ, भिमराज कन्दङ्वा, अरुणा सुक्वाबा र घनेन्द्र सुक्वाबा चयन गरेकाे छ ।

त्यसैगरी सदस्य सचिवमा राजकुमार तेयुङ, आर्थिक विभाग प्रमुखमा साम थाम्देन, आर्थिक विभाग उपप्रमुखमा सीता साम्रा पताङ्वा, सञ्चार विभाग प्रमुखमा रितुराज थेगुवा चयन भएका हुन् ।

सदरमुकाम म्याङलुङमा पहिचान आन्दोलनमा योगदान पुर्याएका म्याङलुङ– ९ पाटिगाउँका चन्द्रसागर सुक्वाबालाई कार्यक्रममा सम्मान गरिएको छ । उहाँ मुक्कुम्लुङ आन्दोलनमा ११ दिन राजवन्दीमा परेर हिरासतमा बस्नुभएको थियो ।  पहिचान आन्दोलनमा पुर्याेएको योगदानको कदर गर्दे उहाँलाई  कार्यक्रमका प्रमुख अतिथि पहिचानवादी मोर्चाका केन्द्रिय नेता डकेन्द्र सिं थेगीमले  ढाकाको टोपी ओढाएर सम्मान गर्नुभएको छ ।

भेलामा पहिचानवादी मोर्चाका सहसंयाेजक ज्ञान बहादुर गुरूङ, केन्द्रिय नेताहरु खगेन्द्र माखिम, राम बहादुर तुम्बाहाङ्फे, विष्णु थाम्देन, एल वि पालुङ्वा लगायतको उपस्थिति रहेको थियो । भेला पहिचानवादी मोर्चा तेह्रथुमका निवर्तमान संयोजक नारायण गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

भेलामा विभिन्न निर्णयहरु भएका छन् । जसमा पहिचानको आन्दोलनलाई ससक्त रुपमा अघि बढाउने, जिल्लाका विभिन्न स्थान तथा ऐतिहासिक स्थलहरुको अपभ्रमित नामहरुको पुरानै नाम कायम गर्न संघर्ष गर्ने, पहिचानवादी मोर्चा गठनलाई विस्तार गर्ने, कोशी नाम खारेजीको मागलाई निरन्तरता दिंदै प्रदेशको नामाकरण पहिचानको आधारमा राख्न संघर्ष गर्र्ने लगायतका निर्णयहरु भएको नवगठित मोर्चाका संयोजक सेसेहाङ हुक्पा चोङबाङले बताउनुभयो ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...