सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन

 लिम्बुवान न्युज
                       

ललितपुर, १५ वैशाख । सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनन्ग जुलुस प्रदर्शन गरेका छन् ।

सोमबार माईतीघर मण्डलामा सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उनीहरुले ‘हाम्रो माग पूरा नभए आफूहरु नाङ्गो हुन तयार छौँ’ भन्दै नाराबाजी गरेका थिए ।

बचत फिर्ताको माग गर्दै पछिल्लो समय सहकारी पीडित आन्दोलित छन् । तर सरकारले उनीहरुको बचत फिर्ताको सुनिश्चितता गरेको छैन । आन्दोलनमा संघर्ष राष्ट्रिय अभियानका कार्यकर्ताहरु र पीडित महिलाहरु अर्धनग्न भएर प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...