सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन

 लिम्बुवान न्युज
                       

ललितपुर, १५ वैशाख । सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनन्ग जुलुस प्रदर्शन गरेका छन् ।

सोमबार माईतीघर मण्डलामा सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उनीहरुले ‘हाम्रो माग पूरा नभए आफूहरु नाङ्गो हुन तयार छौँ’ भन्दै नाराबाजी गरेका थिए ।

बचत फिर्ताको माग गर्दै पछिल्लो समय सहकारी पीडित आन्दोलित छन् । तर सरकारले उनीहरुको बचत फिर्ताको सुनिश्चितता गरेको छैन । आन्दोलनमा संघर्ष राष्ट्रिय अभियानका कार्यकर्ताहरु र पीडित महिलाहरु अर्धनग्न भएर प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...