दमक बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास

 लिम्बुवान न्युज
                       

दमक, १६ वैशाख । दमक ६ स्थित बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास गरिएको छ । सोमबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापसहितको टोलीले सो पार्कको शिलान्यास गरेको हो ।

यो पार्कले दमकको सौन्दर्यता बढाउने अपेक्षा गर्नुका साथै बसपार्क क्षेत्रमा हुने दुर्व्यसनीका घटना हट्ने विश्वास स्थानीयले गरेको छ ।

दमकको बसपार्कको पूर्व तर्फ सानो डाँडो खाली ठाउँ छ । अलिकति खुला ठाउँ देखिएकोले यहाँ पार्क बनाएर यसको सौन्दर्यकरण गर्ने योजना दमक नगरपालिकाले बनाएकाे हाे ।

नगरपालिकाले यहाँ बुद्धको मूर्तिको स्तम्भ र विश्वकर्मा बाबाको सानो मन्दिर समेत बनाउन भन्दै बजेट बिनियोजन गरेको छ । १८ लाख ५६ हजार ४ सय ७० रुपैँयाको लागतमा बन्न लागेको यो पार्कमा के के हुन्छ र कस्तो बन्छ भनेर नगरपालिकाका सवइञ्जिनियर केशव सुवेदी जानकारी गराउनु भयो ।

बसपार्कमा यस खाले देउताको मन्दिर सहितको पार्क बन्दा यसले दुर्घटना न्यूनीकरण गर्न समेत मद्दत पुग्ने विश्वास बस व्यवस्थापन समितिको छ । साथै यहाँ हुने लागु औषध सेवन गर्नेहरुलाई निरुत्साहित समेत गर्न मद्यत पुग्ने समितिअध्यक्ष गंगा प्रसाद सिटौलाको विश्वास छ ।

आगामी जेठ ३० गते सम्ममै निर्माण सम्पन्न गरिने यो पार्कले दमकको सौन्दर्यता बढाउन त सकिन्छ नै तर यसै ठाउँमा बहुतले बसपार्क निर्माणमा अवरोध हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा दमक नगरपालिकाका प्रमुख थापा भन्नु हुन्छ ‘त्यो परियोजना निर्माण भयो भने पनि यसले कुनै असर पर्दैन । तर त्यो परियोजना कहिले बन्छ, यो चाँहि अहिलेनै बन्छ ।’

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...