फुङ्सो जवेगु याक्थुङ मुन्चइत चोक सयङ पान्थर अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

फेदेन, १६ वैशाख । पान्थर फेदेनमा याक्थुङ मुन्चइत चोक सयङ पान्थर जिल्ला कार्यसमितिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार पान्थरस्थित फेदेन बजारमा सम्पन्न अधिवेशनले फुङ्सो जवेगुको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

सयङकाे संघीय अध्यक्ष सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समितिको उपाध्यक्षमा भुपेन योङहाङ, सचिवमा रजनी हाङसरुम्बा, सहसचिवमा बुद्ध केरुङ र कोषाध्यक्षमा अमृता जवेगु निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा निसाम तुम्बापो, उत्तम योङहाङ, सुयोन आङदेम्बे, विवेक हाङ्सरुम्बा, मनेन्द्र केरुङ र समीर जवेगु रहेका छन् ।

उक्त अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ । मधु केरुङ, नरेन्द्रराज केरुङ, बुद्धराज लिम्बु र सुरेन शिशिर केरुङलाई सल्लाहकार समितिमा राखेको सयङ्ले जनाएको छ ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...