देउमान लिम्बुको संयोजकत्वमा सुनसरी जिल्ला मोर्चा गठन

,   लिम्बुवान न्युज
                       


धरान, १६ वैशाख । संयुक्त पहिचानवादी मोर्चा सुनसरी जिल्ला समिति गठन भएको छ । मंगलबार धरानस्थित इजिराईडर होटलमा आयोजित कार्यक्रममा देउमान लिम्बुको संयोजकत्वमा ६७ सदस्यीय समिति विस्तार गरिएको हो ।
उक्त कार्यक्रमबाट सहसंयोजकहरुमा संगीता श्रेष्ठ, बुद्धिमान थाङदेन, दिपक लावती र राम लकान्द्री, सदस्य सचिवमा शिवाहाङ राई, सहसचिवहरुमा दिपकला माङलाक, पूर्ण वान्तवा, दिपराज राई र सुनिता लिम्बु छन् त्यसैगरी आर्थिक विभाग प्रमुख उषा लिम्बु सङयक चयन भएकी छन् ।
यसरी नै सदस्यहरुमा नर्वदा लिम्बु, बिष्णु लिम्बु (निस्ता), सुर्य लिम्बु, इन्द्रबहादुर लिम्बु, दिलकुमार लिम्बु, रमेश राई, राजेश लिम्बु, मनिता राजधामी, तेज लिम्बु वनेम, दिपेन लिम्बु, काजीमान खापुङ, नरेन्द्र बराईली, राम लिम्बु चोङबाङक्याक, जदुलाल पाल, नानु लिम्बु, महेन्द्र आचार्य, वेदनारायण लिम्बु, बेदसिंङ थाम्देन, कल्याण निरौला, विकाश राई, शिव आङदेम्बे, सुरेश साउदेन, प्रेम गुरुङ, गंगा लावती, केहेरमान लावती, मिङसो लिम्बु, डम्बर थोप्रा, घनेन्द्र लाओती, नविन श्रेष्ठ, किरण केदेम, बेदन लाओती, मोहन नेम्बाङ, याम आङबुहाङ, विधान नाल्बो, कल्पना याक्खा, याम कुमार नेयङ, लक्षमी येङदेन, मनि राई, सुवास राई, दिपक राई, सन्तोष राई, दिनेश राई, उक्तम चाम्लिङ, गोविन्द राई, कुमार राई, कुसुमी लिम्बु, योगेश लिम्बु, अशोक राई, हङसजित राई, सीता नेपाली, सृजना बेघा, रामदेव मेहता, हिरालाल चौधरी र धोडाइ मुसर लगायत रहेका छन् । यसैगरी सल्लाहकारमा राजेश अग्रवाललाई चयन गरिएको कार्यक्रम आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, पहिचानवादी मोर्चाका सहसंयोजक ज्ञान बहादुर गुरुङ त्यसरी नै नेताहरु खगेन्द्र माखिम, एबी पन्धाक, अशोक चेम्जोङ, डा. रामनारायण कन्दङ्वा, सकुन्तला सुब्बा, मा. राजकुमार नाल्बो, एलबी पालुङ्वा, जेन्टल लावती, बिष्णु थाङदेन, अमर इजम, गंगा राई सेर्मा, बिराज आङदेम्बे, राखी नेवाहाङ, डा. योगेन्द्र पालुङ्वा, डा. तेजेन्द्र इजम, रमेश गजमेर, भविराज तुम्सा, झहरमान थेवे, सुमन चेम्जोङ, करुण बारसिंगे राई, लोक आङला, सरोज कङलिबा र डम्बर लाबुङ आदिको उपस्थिति रहेकोे थियो ।

उनीहरुले पहिचानवादी शक्तिहरु मिल्नुको विकल्प नरहेको हुँदा अब एक हुने प्रतिबद्धता समेत शुभकामना मन्तव्यमा राखेका छन् ।
नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं. १, पहिचानवादी मोर्चा र प्रदेश नं. १ पुनः नामाकरण अभियान समिति यि चार वटा संगठनहरुबाट बनेको संयुक्त पहिचानवादी मोर्चाले पहिचानको राजनीति र आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन पहिचानवादी शक्तिहरु एकता भई अघि बढ्नुको विकल्प नरहेको हुँदा यो मोर्चाले संयुक्त रुपमा संगठन विस्तार गर्ने तय भएसँगै जिल्लाहरुमा संगठन विस्तारलाई अगाडि बढाईएको नेता खगेन्द्र माखिमले बताए ।

यसरी नै अन्य जिल्लाहरुमा समेत संगठन विस्तारलाई तिब्रता दिने र त्यसपछि पालिकास्तर र वडास्तरसम्म नै संयुक्त पहिचावानदी मोर्चालाई लाने नेताहरुले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;