नाटक ‘उर्फ दारासिङ’ मण्डलामा मञ्चन सुरु

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ वैशाख । पूर्वी नेपाल, विशेष गरी इलाम र झापामा सक्रिय रहदै आएका रंगकर्मी चेतन आङथुपो र सुमन लिङदेनद्वारा लेखन तथा निर्देशन गरिएको नाटक ‘उर्फ दारासिङ’ मंगलबारदेखि काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ ।
सुदुरपुर्व लिम्बुवानको ईलाम थुमको सुदुर दक्षिणी भेगमा अवस्थित रहेको सुन्दर ग्रामीण क्षेत्र चुलाचुली गाउँपालिकाको आफ्नै भौगोलिक नाममा सिर्जनशिल नाट्य संस्था ‘चुलाचुली रंगमञ्च’ले लोकप्रिय ‘झोडा’ नामक नाटक मच्चन शोको अपार सफलतापछी भने, ’उर्फ दारासिङ’को नाममा दोस्रो नाटक मञ्चन शोमा जुटेका हुन् ।
‘उर्फ दारासिङ’ मा प्रस्तुत मुख्य पात्र दारासिङ केरुङलाई समाजमा मिथकजस्तै बनेको ‘फौदारीवाल’का रूपमा देखिएको छ । उनी लडाकु भए पनि हिंस्रक मनसाय नभएका, केवल व्यक्तिगत बल, साहस र सामाजिक प्रतिष्ठा प्रमाणित गर्ने उद्देश्यका साथ भिडन्तमा उत्रिने पात्रका रूपमा देखाइएको छ ।
नाटकमार्फत ‘फौदारी’ शब्दको उत्पत्तिबारे पनि प्रश्न उठाइएको छ, जुन सम्भवतः राज्यको हस्तक्षेप र नियमनसँगै मेलाहाटमा लडन्त गर्नेहरूलाई दिएको चिनारी हो ।
दारासिङ जो एउटा ग्रामीण भेगको याक्थुङ/लिम्बू समुदाय भित्र जन्मेका सामन्य भुईँमान्छे हुन् र थिए । जसको समुदाय, समाज र आम–लोकमा उसको अनेकंन किस्सा, आख्याँन र मिथकहरु सुनिन्थे/सुन्यौं, जो यधपी सुन्दै आईरहेका छौं । जसको ऊ बाँचेको समाजमा र वितेको जीवनशैलीको पलहरु बारे, उसको पुरापुर कथामा नाटक निर्माण गरिएको निर्देशक आङ्थुपो वताउँछन् ।
दारासिङ एउटा याक्थुङ/लिम्बू समुदायको भित्रको सर्वत्र चर्चा–परिचर्चा कमाएको ब्याक्तित्व पात्रको रूपमा स्तम्भ मात्र मानक नभएर आफैमा एउटा सिंगो देश/राष्ट्र र जनता/समाजको हितार्थ चाहिने ब्याक्तित्व वा पात्र भएको लेखक तथा अभियन्ता विक्रम वनेम फागो बताउँछन् । साथै दारासिङ् याक्थुङ मिथक समेत भएको हुँदा उनको सम्मानमा नाटक मञ्चन हुन गर्वको विषय भएको फागो पुनः जोड्छन् ।
साथै लेखक फागोले उर्फ दारासिङ् उनको असली नाम कर्ण बहादुर केरुङ लिम्बुको माङगेन्ना चोत्लुङ/शीर फोङमा/उच्चो उठाई दिनपनि र कलाकारहरुको उच्च सम्मान गर्न नाटक हेर्न समेत अपिल गर्नुभएको छ ।
नाटक वैशाख १६ गते मंगलबार देखि जेष्ठ ११ गतेसम्म मञ्चन गरिने परिकल्पनाकार तथा निर्देशक आङ्थुपोले बताएका छन् साथै सबै आएर नाटक हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;