मा राजकुमार नाल्बोको नेतृत्वमा मोरङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

,   लिम्बुवान न्युज
                       


बेलबारी, १७ वैशाख । संयुक्त पहिचानवादी मोर्चा मोरङ जिल्ला समिति गठन भएको छ । माननीय संविधानसभा सदस्य राजकुमार नाल्बोको संयोजकत्वमा बुधबार बेलबारीस्थित  अादिवासी जनजाति महासंघकाे सभाहलमा ४७ सदस्यीय जिल्ला समिति गठन भएको हो ।


त्यसैगरी उक्त कार्यक्रममा सहसंयोजकहरुमा डिबि कुरुम्बाङ, केशव अधिकारी, सुजन लिम्बु र छत्रबहादुर जवेगु चयन भएका छन् । यसैगरी सदस्यसचिवमा अजितकुमार धिमाललाई जिम्मेवारी दिईएको छ ।
यसरी नै समितिको सदस्यहरुमा मदन मादेम्बा, रवि मादेन, जीवन राई, बिजु सुब्बा, बिजय धिमाल, पदम तामाङ, माधव राजवंशी, बलराम ऋषिदेव, पुर्ण पयाङगु, सेमिमा तुम्बाहाम्फे, सुनिता थक्सु, दिलकुमार लावती, राजभक्त सङमी, हाङमा बेघा, सुरेश थोप्रा, कुन्ता सुब्बा, युबराज कुरुम्बाङ, मणीकुमार पालुङ्वा, भिम सुब्बा, शहरमान सम्बाहाम्फे, शुक्र थेगिम, पुरन याख्खा, राम सावदेन, डिबि साम्बा, शान्ति लावती, राधा वनेम, कान्छी चेम्जोङ, जीतकुमार लिम्बू, नीरमाया लिम्बू, दिलमाया लिम्बू, सुबास चेम्जोङ, ज्ञानेन्द्र लिम्बू, बिष्णु चेम्जोङ, पुर्ण राई, सन्तोष लिम्बू, जयकुमार लिम्बू, भिम मिभक, लोकबहादुर इवा, अभिचन्द्र पयाङगु, ज्ञानेन्द्र राई सहित ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा मोरङ जिल्ला संयोजन समिति गठन भएको छ ।
त्यस्तै सल्लाहकार समितिमा बाङगाई धिमाल, केदार धिमाल, भविराज तुम्सा, चन्द्र लिङखिम, कुमार बोखिम, डिल्ली लिङ्दम र छत्रबहादुर साम्बा रहनु भएको छ ।

मोरङको जिल्ला भेला कार्यक्रममा नेताहरू संयोजक डकेन्द्रसिंह थेगिम, केपि पालुङ्वा, ज्ञानबहादुर गुरुङ, रामभक्त कुरुम्बाङ, अशोक चेम्जोङ, बिष्णु थाङदेन, केदार धिमाल, एलबी पालुङ्वा, बाङगाई धिमाल, बिराज आङदेम्बे, सुनिता थक्सु, राखी नेवाहाङ, भविराज तुम्सा, अजित धिमाल, आवाज लेक्वा, इन्दिरा धौराली, डिल्ली लिङ्दम यसरी नै कुमार बोखिम आदिको उपस्थिति रहेको नवनिर्वाचित सदस्य सचिव अजित धिमालले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;