पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

,   लिम्बुवान न्युज
                       

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि’ भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ।
बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा नम्बर मिलेन र झुक्किएर सञ्जीव नेपालीको मोबाइलमा पुग्यो। सुरुमा सामान्य संवाद भए पनि केहीबेरमै दुवै पक्षबीच भनाभन भयो र विवाद चर्किँदै गयो।
फोनमै एक–अर्कालाई चुनौती दिने अवस्था आएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन भनेका थिए। त्यसपछि दाजुभाइ पाटन पुगेका थिए। भेट भएपछि सामान्य भनाभन झ’गडामा परिणत भयो।
त्यही क्रममा मासु पसलमा काम गर्ने सञ्जीवले आफूसँगै रहेको मासु काट्ने चक्कु निकालेर दुवै दाजुभाइमाथि अन्धाधुन्ध प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनीहरूलाई तत्काल अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा दुवैको ज्यान गएको हो।
घटनापछि भाग्न खोजिरहेका मुख्य अभियुक्त सञ्जीव नेपालीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;