पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

 लिम्बुवान न्युज
                       

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि’ भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ।
बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा नम्बर मिलेन र झुक्किएर सञ्जीव नेपालीको मोबाइलमा पुग्यो। सुरुमा सामान्य संवाद भए पनि केहीबेरमै दुवै पक्षबीच भनाभन भयो र विवाद चर्किँदै गयो।
फोनमै एक–अर्कालाई चुनौती दिने अवस्था आएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन भनेका थिए। त्यसपछि दाजुभाइ पाटन पुगेका थिए। भेट भएपछि सामान्य भनाभन झ’गडामा परिणत भयो।
त्यही क्रममा मासु पसलमा काम गर्ने सञ्जीवले आफूसँगै रहेको मासु काट्ने चक्कु निकालेर दुवै दाजुभाइमाथि अन्धाधुन्ध प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनीहरूलाई तत्काल अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा दुवैको ज्यान गएको हो।
घटनापछि भाग्न खोजिरहेका मुख्य अभियुक्त सञ्जीव नेपालीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...