क्यान्सर पिडीत लक्ष्मीलाई ४ लाख ३१ हजार सहयोग प्रदान
शनिबार, १८ बैशाख, २०७८ बिहानको ०७:४६ बजे,
लिम्बुवान न्युज
दमक। झापाको कमल गाउँपालिका वडा नं. ७ निबासी क्यान्सर पीडित लक्ष्मी हुक्पा चोङ्वाङको उपचारको लागि हुक्पा चोङबाङ् कल्याण संघ यु.के.ले आर्थिक सहयोग प्रदान गरेको छ ।
आइतबार संस्थाका सदस्य देवबहादुर हुक्पा चोङ्वाङको पहलमा संकलित ४ लाख ३१ हजार रुपैयाँ क्यान्सर पिढीत चोङबाङलाई एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा हुक्पा चोङवाङ कल्याण संघ केन्द्रिय समितिका उपाध्यक्ष मदनकुमार चोङबाङ, महासचिव भगत हुक्पा चोङवाङ, सुनसरी सदस्य ज्ञानेन्द्र हुक्पा चोङवाङ र प्रवास युकेका प्रतिनिधि शर्मिला यक्सोको उपस्थिति रहेको थियो ।
आर्थिक अवस्था अत्यन्तै नाजुक भएकी चोङ्बाङको घाटीको क्यान्सर केही समय देखि उपचार गराईरहेकि छन् । उक्त रकम हस्तान्तरण कार्यक्रममा बोल्दै क्यान्सर पीडित लक्ष्मी हुक्पा चोङ्वाङले आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण मनकारी युकेबासीहरुलाई आभार प्रकट गरेकि छन् ।
दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...
प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...
स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...
अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...