विर्तामोडमा लिम्बू भाषा अनौपचारिक कक्षा प्रारम्भ

 लिम्बुवान न्युज
                       

विर्तामोड, १९ बैशाख/ झापाको विर्तामोड ५ मा लिम्बू भाषा (याक्थुङ् पाःन्) अनौपचािरक कक्षा प्रारम्भ भएको छ । शनिबार विर्तामोडस्थित बेवीलैण्ड स्कूलमा एक कार्यक्रमको आयोजना गरि लिम्बू भाषाको अनौपचारिक कक्षा सञ्चालन प्रारम्भ गरिएको हो ।

किरात याक्थुङ् चुम्लुङ् महिला समूह विर्तामोड ५ इन्द्रेणीको आयोजनामा सो कक्षा शुरु गर्न लागिएको हो । महिनाको ४ दिन प्रत्येक शनिबार कक्षा चालन गरिने भाषा कक्षाको पठन पाठन र सहजीकरण कर्ता लिम्बू भाषा साहित्यकार पुष्पहाङ् लोवाले गर्ने बताइएको छ ।

लिम्बू भाषा आनी? पाःन् अनौपचारिक कक्षा सञ्चालन गर्नको निमित्त कियाचु महिला समूहले आन्तरिक रूपमा स्रोत साधन जुटाएका छन् । दुई दर्जन विद्यार्थीले भाषा कक्षा लिने भाषा शिक्षक लोवाले बताए ।

याक्थुङ् पाःन् लिम्बू भाषा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिका वडा न.ं ५ का वडा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विशिष्ठ अतिथि कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, अतिथि शर्ण लोवा, प्रकाश लिङ्देन, मनबहादुर सङ्बो, गंगा कन्दङ्वा काम्बाङ् लगायतले कक्षा संचालन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

किरात याक्थुङ् चुम्लुङ् महिला समूह इन्द्रेणी टोलकी अध्यक्ष मानुदिङ् पवित्रा तेयुङ् लावतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम कियाचु सचिव देशमाया बेघा लोवाले सञ्चालन गरेकि थिइन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;