विर्तामोडमा लिम्बू भाषा अनौपचारिक कक्षा प्रारम्भ

 लिम्बुवान न्युज
                       

विर्तामोड, १९ बैशाख/ झापाको विर्तामोड ५ मा लिम्बू भाषा (याक्थुङ् पाःन्) अनौपचािरक कक्षा प्रारम्भ भएको छ । शनिबार विर्तामोडस्थित बेवीलैण्ड स्कूलमा एक कार्यक्रमको आयोजना गरि लिम्बू भाषाको अनौपचारिक कक्षा सञ्चालन प्रारम्भ गरिएको हो ।

किरात याक्थुङ् चुम्लुङ् महिला समूह विर्तामोड ५ इन्द्रेणीको आयोजनामा सो कक्षा शुरु गर्न लागिएको हो । महिनाको ४ दिन प्रत्येक शनिबार कक्षा चालन गरिने भाषा कक्षाको पठन पाठन र सहजीकरण कर्ता लिम्बू भाषा साहित्यकार पुष्पहाङ् लोवाले गर्ने बताइएको छ ।

लिम्बू भाषा आनी? पाःन् अनौपचारिक कक्षा सञ्चालन गर्नको निमित्त कियाचु महिला समूहले आन्तरिक रूपमा स्रोत साधन जुटाएका छन् । दुई दर्जन विद्यार्थीले भाषा कक्षा लिने भाषा शिक्षक लोवाले बताए ।

याक्थुङ् पाःन् लिम्बू भाषा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिका वडा न.ं ५ का वडा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विशिष्ठ अतिथि कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, अतिथि शर्ण लोवा, प्रकाश लिङ्देन, मनबहादुर सङ्बो, गंगा कन्दङ्वा काम्बाङ् लगायतले कक्षा संचालन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

किरात याक्थुङ् चुम्लुङ् महिला समूह इन्द्रेणी टोलकी अध्यक्ष मानुदिङ् पवित्रा तेयुङ् लावतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम कियाचु सचिव देशमाया बेघा लोवाले सञ्चालन गरेकि थिइन् ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...