समाधिस्थल मासेर बीओपी राख्न लागिएको भन्दै जनजातिहरु आन्दोलित
आइतबार, १९ बैशाख, २०७८ दिउँसोको ०४:४६ बजे,
लिम्बुवान न्युज
काँकडभिट्टा। मेचीनगर नगरपालिकाले समाधिस्थल मासेर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न लागेको भन्दै स्थानीय किरातजातीहरु राई, लिम्बु, याक्खा समुदाय आन्दोलित बनेका छन् । बीओपी निर्माणका लागि नगरपालिकाले पाँच दिनअघि समाधिस्थलमा डोजर चलाएको थियो ।
मेचीनगर–६ काँकडभिट्टास्थित मेची पुल दक्षिणतिर रहेको समाधिस्थललाई नगरपालिकाले बुधबार भत्काएपछि स्थानीय किरात जातीहरु आक्रोशित बनेका छन् । विरोधमा नेपाल आदिवासी जनजाति समन्वय परिषदको नेतृत्वमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङलगायतका संस्थाले मेचीनगरका मेयर विमल आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए ।
किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले सरोकारवालाहरूसँग छलफल नै नगरी धार्मिक आस्थामाथि नगरपालिकाले डोजर चलाएको आरोप लगाए । उनले भने, ‘नगरको यो निन्दनीय कार्यप्रति हाम्रो खेद छ ।’ नगरपालिकाले नियोजित रुपमा समाधिस्थल मासेर सशस्त्र प्रहरी राख्न लागेको आरोप यो समुदायको छ ।
यसैगरी किरात याक्थुङ् चुम्लुङ जिल्ला कार्य समिति झापाले पनि शनिबार एक विज्ञप्ति मार्फत सरकारको खेद प्रकट गरेको छ । जिल्ला अध्यक्ष सेसेहाङ फियाक र सचिव प्रेमचन्द्र लिम्बुले संयुक्त विज्ञप्ति मार्फत सरकारको यो प्रकारको कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको हक र मानव अस्तित्व पहिचानको बर्खिलाप गरेको साथै जातीय धार्मिक सद्भावमा खलल पुग्ने काम भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । आदिवासी जनजातिहरु समाधिस्थलमाथि डोजर चलाउनेले आम माफी माग्नु पर्ने बताएका छन् ।
घटनापछि नगरप्रमुख विमल आचार्यले विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् । मानवीय समवेदनासँग जोडिएको यस किसिमको संरचना भत्काउने, नष्ट गर्ने कहीँ–कतै नगरपालिकाको मनसाय नरहेको विज्ञप्तिमा उनले जनाएका छन् ।
यसैबीच आइतबार आदिवाजी जनजाति महासंघ समन्वय परिषदको पहलमा किरात समुदायले डोजर लगाएको क्षेत्रमा क्षमा पूजा गरेर बारघेरा लगाएका छन् ।
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...
ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...