गायक डिबि जबेगु र नन्दमाया थक्लुङको पालाम “कठैबरी” सार्वजनिक हुँदै

 लिम्बुवान न्युज
                       

मोरङ्। पालाम गायक डिबि जबेगु र नन्दमाया थक्लुङ को स्वरमा “कठैबरी“ शिर्षक रहेको पालाम बैशाख २० गते सार्वजनिक हुने भएको छ । उक्त दिन बिष्णु मोक्तानको निर्देशनमा निर्मित कठैबरी पालाम आउन लागेको हो ।

पालामलाई नन्दमाया थक्लुङले रचना गरेका हुन् भने शब्द चयन डिबि जबेगुले गरेका छन् । गायन सहयोगीको रुपमा पुर्ण कुमारी पाङ्मा र धन प्रसाद साँबाले भुमिका निभाएका छ्न । कठैबरी पालामको भिडियो मेन्छ्यायेम दर्पण युट्युब च्यानल बाट हेर्न सकिने छ ।

धनमाया पाङ्माको पहलमा निर्माण गरिएको सांस्कृतिक भिडियोमा कलाकारहरु डिबि जबेगु, मदन वनेम, बिनु तुम्बाहाङ्फे, नन्द माया थक्लुङ, टार कान्छा जबेगु, चन्द्र हुक्पाचोङ्वाङ, बिष्णु कुमारी आङ्बुहाङ, तिर्थ मादेम्बा, सानू थक्लुङ, प्रदिप नयोङ, धनकुमारी पाङ्मा, मिना मादेम्मा, राजेश इवाहाङ, पुर्ण कुमारी पाङ्मा र निस्चल राई रहेको छ । फेदापे भाकामा रहेको पालाम लिम्बुहरुमा निक्कै चर्चित र पुरानो मानिन्छ ।

गायक तथा चलचित्र कर्मी डिबि लिम्बू भन्छन “पछिल्लो समय लिम्बुहरुको पालाम धान नाचलाई रचनात्मक र ऐतिहासिकता झल्काउने गरि रुपान्तरण गरिदै लगिएको छ ।” यस पालामको छाँयाङ्कन तथा सम्पादन सिरकुमार राईको रहेको प्रदिप नयोङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...