जसपाको महन्थ र राजेन्द्र पक्षले गरे हस्ताक्षर संकलन

 लिम्बुवान न्युज
                       

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा गरिएको हस्ताक्षर संकलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ठाकुर–महतो पक्षका एक नेताले भने, ‘खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन गरिएको छ ।’

जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । त्यसमध्ये २८ जना उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षतिर देखिएका सो पार्टीका नेताहरु बताउँछन् । यस अघि नै यादव र भट्टराई पक्षले पनि आफू निकटका नेताहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।

जसपाको ३४ जना सांसदहरुमध्ये दुईजना निलम्बनमा परेपछि हाल ३२ सांसद रहेको छ ।

सत्ता समीकरणका विषयमा जसपामा दुई धार छ । ठाकुर र महतो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन् भने यादव र भट्टराई ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा उभिएका छन् । जसपा बाहिर एउटै पार्टी देखिएपनि आन्तरिकरुपमा जसपाका नेताहरु दुईवटा बेग्लाबेग्लै लाइनमा उभिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरेकी छन् । जसपाले उपत्यका बाहिर रहेका सबै सांसदहरुलाई काठमाडौं बोलाइसकेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;