८,६५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २२ वैशाख। पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ८,६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकारसम्मलेनका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ । आजसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

जसमध्ये ४७६४ जना सरकार तथा संस्थाहरुद्वारा संचालित आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । आज देशभर आईसीयूमा ६०० जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,९९३ रहेको छ । हालसम्म देशभरबाट २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट नेपालमा आजसम्म ३,४७५ जनाको ज्यान गईसकेको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...