दमकमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

,   लिम्बुवान न्युज
                       

दमक/ कोरोना संक्रमणबाट आज दमकमा थप दुई जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ । दमक १ र २ का एक÷एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालले जानकारी दिएका छन् ।

दमकमा मंगलबार मात्रै वडा नं. ५ की एक बृद्धाको मृत्यु भएको थियो । दमकमा कोरोनाको दोश्रो लहर चलिरहँदा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको हो । यस अघि एक पुरुषको मृत्यु भएको थियो । दमकमा गएको चैत्र अन्तिम सातादेखि कोरोनाको दोश्रो लहर शुरु भएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घन्टामा नेपालमा ५८ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

दैनिक संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै सर्वाधिक हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ । कोरोना संक्रमणबाट मंगलबार ५५ जनाको मृत्यु भएको थियो भने सोमबार ३७ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको पनि अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिएका हुन् । २१ हजार ३ सय ७२ जनामा कोरोना परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । गौतमका अनुसार पिसिआरबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको तथ्याङ्क रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दमक नगरपालिकाले कोभिडको शंका भएमा बेलडाँगी स्थित कोभिड अस्पतालमा सम्पर्क गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;