दमकमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक/ कोरोना संक्रमणबाट आज दमकमा थप दुई जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ । दमक १ र २ का एक÷एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालले जानकारी दिएका छन् ।

दमकमा मंगलबार मात्रै वडा नं. ५ की एक बृद्धाको मृत्यु भएको थियो । दमकमा कोरोनाको दोश्रो लहर चलिरहँदा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको हो । यस अघि एक पुरुषको मृत्यु भएको थियो । दमकमा गएको चैत्र अन्तिम सातादेखि कोरोनाको दोश्रो लहर शुरु भएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घन्टामा नेपालमा ५८ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

दैनिक संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै सर्वाधिक हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ । कोरोना संक्रमणबाट मंगलबार ५५ जनाको मृत्यु भएको थियो भने सोमबार ३७ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको पनि अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिएका हुन् । २१ हजार ३ सय ७२ जनामा कोरोना परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । गौतमका अनुसार पिसिआरबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको तथ्याङ्क रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दमक नगरपालिकाले कोभिडको शंका भएमा बेलडाँगी स्थित कोभिड अस्पतालमा सम्पर्क गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...