फ्रन्टलाइनरको मृत्यु भएमा २५ लाख राहत दिने निर्णय

 लिम्बुवान न्युज
                       

बिराटनगर। कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मृत्यु भएमा २५ लाख रुपैयाँ राहत रकम दिने भएको छ ।

प्रदेश सरकार मार्फत कोरोना संक्रमितको पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी र कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएमा परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बुधबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश सरकारले खटाएका फ्रन्टलाइनरको मृत्यु भएमा सो रकम दिने निर्णय गरेको हो ।
त्यसैगरी फ्रन्टलाइनर स्वास्थ्य कर्मी लगायतलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय पनि गरेको छ । बैठकले शुरु तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको हो । यस अघिनै संघीय सरकारले पनि ५० प्रतशित भत्ता दिने निर्णय गरेको थियो ।

यस्तैगरी बैठकले फ्रन्टलाइनरलाई संक्रमण पुष्टि भए उपचार खर्च समेत व्योहोर्ने निर्णय गरेको छ । कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभए प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजासहितको क्वारेन्टिनमा राख्ने पनि निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईले क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने पनि निर्णय भएको बताइन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...