माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकामा १ सय ५१ भूमिहीन सुकुम्बासी तथा दलित र २ हजार ६ सय ६० घरधुरी अव्यवस्थित रुपमा बसोबास गर्दै आएको पाइएको छ ।
भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनले सुरु गरिएको कार्यक्रम अन्तरगत संकलित तथ्याङ्क सार्वजनिक गर्दै सो उल्लेख गरिएको छ । तथ्याङ्क सार्वजनिक गरिएसँगै अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी तथा भुमिहीन दलितको तथ्याङ्क सङ्कलन सकिएको छ ।
सार्वजनिक गरिएको तथ्याङ्क अनुसार माङसेबुङ १ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या १४ घरधुरी छ भने अव्यवस्थित बसोबासीको संख्या १ सया ४१ घरधुरी रहेको छ ।
यसरी नै माङसेबुङ २ मा १६ घुरधुरी र अव्यवस्थित बसोबासीको संख्या ४ सय ४३ घरधुरी रहेको छ । ३ मा २२ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ६ सय ६ घरधुरी रहेको छ । ४ मा ४१ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ३ सय ६८ घरधुरी रहेको छ ५ मा ३५ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ६ सय ६० घरधुरी रहेको छ ।
त्यसैगरी वडा नं. ६ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या २३ र अव्यवस्थित बसोबासीको संख्या ४ सय ४२ घरधुरी रहेको तथ्याङक सार्वजनिक भएको छ ।
सरकारले भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढाएको छ ।