माङसेबुङमा १५१ भूमिहीन र २६६० अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क सार्वजनिक

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकामा १ सय ५१ भूमिहीन सुकुम्बासी तथा दलित र २ हजार ६ सय ६० घरधुरी अव्यवस्थित रुपमा बसोबास गर्दै आएको पाइएको छ ।

भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनले सुरु गरिएको कार्यक्रम अन्तरगत संकलित तथ्याङ्क सार्वजनिक गर्दै सो उल्लेख गरिएको छ । तथ्याङ्क सार्वजनिक गरिएसँगै अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी तथा भुमिहीन दलितको तथ्याङ्क सङ्कलन सकिएको छ ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार माङसेबुङ १ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या १४ घरधुरी छ भने अव्यवस्थित बसोबासीको संख्या १ सया ४१ घरधुरी रहेको छ ।

यसरी नै माङसेबुङ २ मा १६ घुरधुरी र अव्यवस्थित बसोबासीको संख्या ४ सय ४३ घरधुरी रहेको छ । ३ मा २२ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ६ सय ६ घरधुरी रहेको छ । ४ मा ४१ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ३ सय ६८ घरधुरी रहेको छ ५ मा ३५ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ६ सय ६० घरधुरी रहेको छ ।

त्यसैगरी वडा नं. ६ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या २३ र अव्यवस्थित बसोबासीको संख्या ४ सय ४२ घरधुरी रहेको तथ्याङक सार्वजनिक भएको छ ।

सरकारले भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;