विर्तामोडमा शुक्रबारदेखि शुरु हुने भयो ५० बेडको आइसोलेन सेन्टर

 लिम्बुवान न्युज
                       

बिर्तामोड। झापामा कोरोना संक्रमितको संख्यादर उच्च हुँदैगएपछि बिर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ ।

मेची आँखा अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए ।

आइसोलेन शुक्रबार देखि संंचालनमा ल्याइने भएको छ । कोभिड–१९ संक्रमितका लागि नगरपालिकाका तर्फबाट मंगलबारदेखि एउटा एम्बुलेन्स संचालनमा ल्याइएको उनले जानकारी दिए । बिरामीलाइ अक्सीजन सहितकाे सुविधा दिन उनले बताए । त्यसैगरी उनले गम्भीर प्रकृतिका बिरामीलाई भने अन्य अस्पतालमा रेफर गरिने बताए ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता बिर्तामोडमा एकजनाको मृत्यु हुनुका साथै नयाँ भेरियन्टका सक्रिय संक्रमितको सँख्या २०३ पुगेको छ । बिर्तामोडमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

झापा जिल्लामा नयाँ संक्रमितको संख्या ९ सय नाघेको जिल्ला स्थित जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...