विर्तामोडमा शुक्रबारदेखि शुरु हुने भयो ५० बेडको आइसोलेन सेन्टर

 लिम्बुवान न्युज
                       

बिर्तामोड। झापामा कोरोना संक्रमितको संख्यादर उच्च हुँदैगएपछि बिर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ ।

मेची आँखा अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए ।

आइसोलेन शुक्रबार देखि संंचालनमा ल्याइने भएको छ । कोभिड–१९ संक्रमितका लागि नगरपालिकाका तर्फबाट मंगलबारदेखि एउटा एम्बुलेन्स संचालनमा ल्याइएको उनले जानकारी दिए । बिरामीलाइ अक्सीजन सहितकाे सुविधा दिन उनले बताए । त्यसैगरी उनले गम्भीर प्रकृतिका बिरामीलाई भने अन्य अस्पतालमा रेफर गरिने बताए ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता बिर्तामोडमा एकजनाको मृत्यु हुनुका साथै नयाँ भेरियन्टका सक्रिय संक्रमितको सँख्या २०३ पुगेको छ । बिर्तामोडमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

झापा जिल्लामा नयाँ संक्रमितको संख्या ९ सय नाघेको जिल्ला स्थित जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...