दमक, वैशाख २३। पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विहीवार २० हजार ३६७ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार ९७० जना र ७७५ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३ हजार ५२९ जनाको मृत्यु भईसकेको छ ।
हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ५६१ जना रहेको छ भने ३१४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । आज १ नं. प्रदेशमा ७९१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
झापामा १७८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेको १-१ जनामा संक्रमण देखिएको छ ।